ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एक नेपाली सहित सयौं मानिसको मृत्यु पछि आक्रमणको राष्ट्रसंघद्वारा भत्सर्ना

Jul 4, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

 असार १९, काठमाडौं (अस)। संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय र अन्तरराष्ट्रिय आप्रवासन संगठनले लिवियाको राजधानी त्रिपोलीको पू्र्वमा रहेको ताजऔरा हिरासत केन्द्रमा एक नेपालीसहित सयौं मानिसको मृत्यु हुने गरी मंगलवार राति भएको आक्रमणको भत्सर्ना गरेको छ ।

ताजौरामा महिला र बालबालिकाहरू सहित करिब ६०० आप्रवासी र शरणार्थीहरू थिए, संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय र अन्तरराष्ट्रिय आप्रवासन संगठनले भनेका छन् । आक्रमणमा सयौं जनाको मृत्यु भयो र दर्जनौं घाइते भए, उनीहरूले भनेका छन् ।

‘संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय र अन्तरराष्ट्रिय आप्रवासन संगठनले भन्दै आएको छ कि भूमध्य सागरमा पक्राउ परेका (युरोप जान लागेका) आप्रवासी तथा शरणार्थीहरूलाई लिविया फिर्ता गरिनु हुँदैन किन भने उनीहरूलाई त्यहाँ खतरा छ,’ दुई संस्थाले जारी गरेको वक्तव्यमा भनिएको छ । वक्तव्यमा भनिएको छ, ‘हाम्रा दुई संस्था गैर सैनिकहरू माथिको आक्रमणको भत्सर्ना गर्दछौँ ,हामी आप्रवासी र शरणार्थीहरूलाई हिरासत मुक्त गर्न पनि आग्रह गर्दछौं साथै हामी उनीहरूको लिवियामा सुरक्षाको माग पनि गर्दछौं ।’

लिवियाको शरणार्थी शिविर आक्रमणमा एक नेपालीको मृत्यु भएको छ भने ८ जनालाई नेपाल फर्काइएको छ । उक्त आप्रवासी हिरासत केन्द्रमा भएको आक्रमणमा एक नेपालीको ज्यान गएकोे छ ।आक्रमणमा परी सन्तोष श्रेष्ठको मृत्यु भएको हो । आप्रवासीहरुको अन्तरराष्ट्रिय संगठन आईओएमले आक्रमणमा घाइते उनको अस्पतालमा उपचारका क्रममा मृत्यु बताएको छ ।

उनको स्थायी ठेगाना कहाँ हो र कसरी त्यहाँ पुगे भन्ने बारे केहि खुलेको छैन । कायरोस्थित नेपाली दूतावासका अनुसार, यसबारे अनुसन्धान भइरहेको छ । यी दुवै संस्थाले लिवियाको युद्धमा संलग्न सबैलाई गैरसैनिक मानिसहरू माथि हमला नगर्न पनि आग्रह गरेका छन् ।

एजेन्सीको सहयोगमा

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)