ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मौद्रिक नीतिमा परिसंघको के -के छन् सुझाव ?

Jul 6, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
असार २१, काठमाडौंं । नेपाल उद्योग परिसंघले वैदेशिक ऋण तथा पूर्वाधार विकासका आयोजनाका लागि उदार नीति अख्तियार गर्दै भुक्तानी सन्तुलनसँगै व्यापार सन्तुलनलाई दृष्टिगत गरी मौद्रिक नीति सार्वजनिक गर्नुपर्ने सुझाव दिएको छ । सरकारले अघिसारेका निजी क्षेत्रमैत्री नीति कार्यान्वयनमा सघाउ पुग्ने गरी मौद्रिक नीति आउनुपर्नेमा जोड दिँदै परिसंघले पुनः कर्जा कोष बढाई १०० अर्ब पुर्‍याउन र निर्यातजन्य उद्योगका लागि त्यस्तो कोषको कम्तिमा ३० प्रतिशत रकम छुट्याउन पनि सुझाएको छ । आर्थिक वर्ष २०७६/७७को मौद्रिक नीतिका सन्दर्भमा परिसंघ ले शुक्रवार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीसमक्ष प्रस्तुत गरेको सुझावमा तरलता समस्याको समाधान तथा वर्षैभरी अनुमानयोग्य ब्याजदर कायम गर्ने तथा तरलता व्यवस्थापनका निम्ति कर तिर्ने र ब्याज भुक्तानीको समयलाई फरक गरिनुमा जोड दिएको छ । रासस
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)