असार२१, काठमाडौं (अस)। काठमाडौंमा शनिवार दिउँसो ४ बजेर १५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ ।
कति रेक्टरको भूकम्प गएको हो भन्ने बारेमा केहि जानकारी प्राप्त भएको छैन । साथै यसबारेमा थप विवरण आउन बाँकी छ ।
भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभागले बताएको छ ।
अहिले काठमाडौमा वर्षा भइरहेको छ ।भूकम्प गएपछि मानिसहरु घरबाट बाहिर निस्किएका थिए ।