असार२१, काठमाडौं(अस) । काठमाडौंमा शनिवार दिउँसो ४ बजेर १५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ ।
यसबारेमा थप विवरण आउन बाँकी छ ।
भक्तपुरको दूधपाटीलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग,राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ ।
अहिले काठमाडौमा वर्षा भइरहेको छ । भूकम्प गएपछि मानिसहरु घरबाट बाहिर निस्किएका थिए । केन्द्रका प्रमुख लोकविजय अधिकारीले गोरखा भूकम्पको परकम्प गएको जानकारी दिए ।
उनले परकम्प सानै भएपनि परकम्प नगएको लामो समय भएकाले अहिलेको परकम्पको ठूलो धक्का महशुस गरिएको बताए । राससको सहयोगमा