ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सहकारीलाई कृषि क्षेत्रमा जोड्न आग्रह

Jul 6, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
असार २१, काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्ममाकुमारी अर्यालले सहकारी संस्थालाई कृषि उत्पादनतर्फ जोड्नुपर्ने विचार व्यक्त गरेकी छन् । अन्तरराष्ट्रिय सहकारी दिवसको अवसरमा शनिवार ललितपुरमा आयोजित कार्यक्रममा उनले कृषिको आयात प्रतिस्थापन गर्न सहकारी मुख्य विकल्प बन्न सक्ने बताइन् । मुलकभर झन्डै ३५ हजार सहकारी भएपनि कृषिमा सहकारी संस्थाको आकर्षण छैन । राज्यले कृषिलाई व्यावसायिक बनाउन अनुदान तथा सहुलियत कर्जाको व्यवस्था गरे पनि कृषिको आयात भने घटेको पाइँदैन । नेपालका सहकारी संस्थासँग झण्डै रू. ७ खर्ब पूँजी बचत छ भने ६५ हजारले प्रत्यक्ष रोजगारी र ६३ हजार व्यक्ति सहकारीमा आबद्ध छन् । जुलाई ६ मा अन्तरराष्ट्रिय सहकारी दिवस पर्छ । यस वर्ष उक्त दिवसको नारा ‘मर्यादित कामका लागि सहकारी’ भन्ने रहेको छ । प्रत्येक वर्ष नेपालमा सहकारी महासंघको आयोजनमा अन्तरराष्ट्रिय सहकारी दिवस मनाउने चलन छ । शनिवार ललितपुरमा तीनओटै संस्थाको स्थापना दिवसको अवसर पारेर यस वर्षको उत्कृष्ट सहकारी पुरस्कार २०७५ ललितपुरको बहुउद्देश्यीय सहकारी संघलाई र उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार क्रमशः प्रदेश १ बाट शुभलक्ष्मी सहकारी संस्था लि गौरादह–१ झापालाई, प्रदेश २ मा मनोकामना बहुउद्देश्यीय सहकारी संस्था लि हरिवन सर्लाहीलाई, प्रदेश ३ मा लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि ललितपुरलाई प्रदान गरिएको छ । त्यसैगरी, गण्डकी प्रदेशमा आदर्श सञ्चार सहकारी संस्था लि बागलुङ, प्रदेश ५ मा सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था लि रुपन्देही, कर्णाली प्रदेशमा साना किसान कृषि सहकारी संस्था लि सुर्खेत र सुदूरपश्चिम प्रदेशमा किसान बहुउद्देश्यीय सहकारी संस्था लि कैलालीलाई नगद रू. २० हजारसहित सम्मान गरिएको छ । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा दिलबहादुर गुरुङले सहकारी संस्थाले ऋण असुली र लगानी मात्र नगरी उत्पादन तथा सामाजिक दायित्वसमेत निर्वाह गर्नुपर्ने बताए । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी)का आवासीय प्रतिनिधि आयसानी मेडागानगोडा लेवले नेपालमा सहकारी संस्थालाई कृषि क्षेत्रमा जोड्न नसकेको बताए । कार्यक्रममा अन्तरराष्ट्रिय सहकारी महासंघ (आइसिए) का सदस्य ओमदेवी मल्लले नेपालको स्वाधीनतामा सहकारी संस्थाको महत्वपूर्ण योग्दान रहेको बताइन् । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालको अध्यक्षतामा सम्पन्न सो दिवसमा पूर्वमन्त्री दीपकप्रकाश बाँस्कोटा, गणेश साहलगायतले नेपालको सहकारी आन्दोलनका बारेमा आ–आफ्ना धारणा राखेका थिए । रासस
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)