प्रहरी निरीक्षक विरुद्ध भ्रष्टाचार मुद्दा, छोराको खातामा रकम राख्न लगाएको अख्तियारको दावी
Jul 9, 2019
 
समाचार
असार २४, काठमाडौ (अस) । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिएको आरोप लगाई जिल्ला प्रहरी कार्यालय, नुवाकोटमा कार्यरत प्रहरी निरीक्षक लालबाबु प्रसाद साहविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले दिएको जानकारी अनुसार साहले लागू औषध मुद्दामा पक्राउ परेका सेवाग्राहीविरुद्ध मुद्दा नचलाउने आश्वासन दिई घूस लिएका हुन् ।
साहले रु. ९० हजार घूस लिएको पुष्टि भएको अख्तियारले उल्लेख गरेको छ । साहले आफ्नो छोराको बैंक खातामा घूस रकम राख्न लगाएको अख्तियारले उल्लेख गरेको छ ।