ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अख्तियारद्वारा त्रिविका डीन विरुद्ध भ्रष्टाचार मुद्धा

Jul 9, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
असार २४, काठमाडौं(अस) । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सहायक डीन पदमा कार्यरत शम्भु प्रसाद पटेल भन्ने शम्भुप्रसाद उपर मंगलवार विशेष अदालतमा आरोप पत्र दायर गरेको छ । अख्तियारले सेवाग्राहीको कलेज संचालन अनुमति रद्द हुन सक्छ भनी विभिन्न बहाना बनाएर घूस लिएको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसूर गरेको देखिएकोले रू. ५० हजार मागदाबी तथा थप मागदाबी सहित निज उपर विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो । यसैगरी, अख्तियारले  माडी–लुंगी–करिडोर सिंचाइ आयोजना, रोल्पामा कार्यरत सव–इञ्जिनीयर तारा श्रेष्ठ र डिभिजनल इञ्जिनीयर उग्रनाघ झा उपर विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । उक्त आयोजनामा कार्यरत सव–इञ्जिनीयर श्रेष्ठ र डिभिजन इञ्जिनीयर झालाई एक आपसमा मिलेमेतो गरी योजनाको भूक्तानी दिने कार्यमा ढिलासुस्ती गरी सेवाग्राहीबाट रू. १लाख घूस लिएको अवस्थामा अख्तियारको टोलिले रंगेहात पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले बताए । अभियुक्त उपर थप अनुसन्धान पछि विगो माग दाबी सहित अदालतमा मुद्धा दायर गरेको अख्तियारले बताएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)