ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

न्यून चापीय रेखा नेपाल नजिक, देशभर वर्षा हुने

Jul 10, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
असार २५, काठमाडौं । मनसुनी न्यून चापीय रेखा नेपालको सीमा नजिक रहेकाले देशभर वर्षा भइरेहको छ । अझै दुई/ तीन दिन देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । मौसम पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै यो अवधिमा देशको केही स्थानमा भारी वर्षा हुने र एक/ दुई स्थानमा अति भारी वर्षासमेत हुने बताएको छ । मौसमविद् राजु प्रधानांगका अनुसार विशेष गरी बुधवार र बिहीवार यो क्रम जारी रहनेछ । ‘वर्षा निरन्तर नभई एकछिन रोकिने पुनः शुरु हुनेछ’, मौसमविद् प्रधानांगले बताए । त्यस्तै शुक्रवार देशभर बद्ली रही देशका पश्चिमी भू–भागका केही स्थान र मध्यपूर्वका धेरैजसो स्थानमा वर्षा हुनुको साथै एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार बुधवार काठमाडौं उपत्यकामा २० मिलिमिटर वर्षा भएको छ । यसैबीच,  ट्राफिक प्रहरी महाशाखाले यो समयमा सवारी साधन चलाउनु अघि वाइपर र हेडलाइट जाँच गर्नुका साथै पानीले भिजेको अवस्थामा सडकमा ब्रेक कम लाग्न सक्ने र सवारी अनियन्त्रित हुन सक्ने भन्दै सवारीको गति कम गर्न आग्रह गरेको छ । रासस
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)