असार २६, काठमाडौं(अस) । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, लगनखेल वितरण केन्द्र ललितपुरमा कार्यरत फोरमेन अविलाल विष्टलाई बिहीवार घूससहित पक्राउ गरेको छ ।
विष्टले एक सेवाग्राहीको घरमा नयाँ मिटर जडान गर्ने क्रममा विभिन्न बहाना देखाउँदै रू. ५ हजार घूस मागेको अभियोग छ । आयोगको केन्द्रीय कार्यालय टंगालबाट गएको टोलीले निजलाई घूस सहित लगनखेलस्थित युएण्डबी फाष्टफुडबाट पक्राउ गरिएको थियोे ।
आरोपी विष्टका बारेमा थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।