ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराटनगरबाट प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट फिर्ता

Jul 12, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
  विराटनगर । संघीय सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत विराटनगर महानगरपालिकालाई पठाएको रकम महानगरले काम नगरी फिर्ता पठाएको छ । रोजगार कार्यक्रमका लागि आएको १ करोड रकममध्ये महानगरले करीब ८५ लाख रुपैयाँ काम नगरी फिर्ता पठाएको हो । कार्यक्रम अन्तर्गत महानगरपालिकामा १६ सयले बेरोजगारीको फारम भरेका थिए । केन्द्रले पठाएको रकमले ४ सय ५० जनालाई एक महीना रोजगारी दिन सकिन्थ्यो । तर, महानगरपालिकाले ९१ जनालाई मात्र रोजगारी दिएको छ । रोजगारी पाएकामध्ये केहीले बीचमा नै जागिर छाडेका छन् । महानगरपालिकाका रोजगार संयोजक दिनेशकुमार साहका अनुसार १९ ओटा वडामा ९१ जनालाई रोजगारी दिइएको थियो । तर ती मध्ये केहीले जागिर छाडेका हुन् । महानगरपालिकाले वडा नम्बर १४ मा वृक्षरोपण, ८, ९ र १० मा ढल जडानमा जनशक्ति प्रयोग गरेको थियो । महानगरले सबै वडाबाट ३–३ जनालाई तथ्यांक संकलन गर्न खटाएको थियो । महानगरले शीपविनाका मजदूरलाई न्यूनतम ५१७ रुपैयाँ र शीप भएका मजदूरलाई ६ सयका दरले पारिश्रमिक दिएको थिए । रोजगार कार्यक्रमअन्तर्गत नियुक्ति पाएकाले एक महिनाको काम सकेका छन् । रोजगारीमा फारम भर्नेमध्ये अधिकांश शिक्षित छन् । महानगरपालिकाका मेयर भीम पराजुलीले कार्यविधि नमिलेका कारण सबै बजेट खर्च गर्न नसकेको बताए । सबै बजेट खर्च गर्दा दुरुपयोग हुने अवस्था आएकाले बजेट फिर्ता पठाएको उनको भनाइ छ । शिक्षित व्यक्तिले मजदूरीको काममा खट्न नमानेका कारण सबै खर्च हुने अवस्था नआएको उनले बताए । रोजगार कार्यक्रम अन्तर्गत खर्च गर्ने कार्यविधि बनाउन स्थानीय सरकारलाई नै दिनुपर्ने उनले माग गरेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)