ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कार्यालय प्रमुखहरुलाई बोलाएर मुख्यमन्त्रीले भने : भ्रष्टाचार गरेको थाहा पाए १ घन्टाभित्र एक्शन लिन्छु

Jul 22, 2019  
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

साउन ६, विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले जनताप्रति प्रतिबद्ध  एवम् नैतिक मूल्यमान्यताको जगमा उभिएर काम गर्न कार्यालय प्रमुखहरुलाई  निर्देशन दिएका छन् । आकस्मिक रुपमा सोमवार मुख्यमन्त्री कार्यालयमा बोलाइएका कार्यालय प्रमुखहरुलाई निर्देशन दिंदै मुख्यमन्त्री राईले पछिल्लो समय भ्रष्टाचार र कमिशन लिएका घटनाहरु सार्वजनिक भइरहेको बताउदै त्यस्तो बिषय क्षम्य नहुने चेतावनी दिए ।

उनले प्रदेश मातहतका कार्यालयमा घुुुस लिने र रकम संकलन गर्ने गरेको थुप्रै सूचना आफूसँग रहेको भन्दै त्यस्ता कर्मचारी चाँडै कारवाहीको दायरामा आउने बताए । वन कार्यालयका प्रमुखलाई घुससहित अख्तियारले रंगेहात पक्राउ गर्नु प्रदेश सरकारकै लागि दुःखको कुरा भएको बताउदै उनले भने, ‘माथि मिलाउनुपर्छ भनेर कसको आडमा कर्मचारीहरुले खुलेआम कार्यालयमा अनियमितता र घुस लिइरहेका छन् ?’ मुख्यमन्त्री राईले त्यस्ता सूचना दिन कार्यालय प्रमुखहरुलाई आग्रह गरे ।

‘मुख्यमन्त्री, मन्त्री, प्रमुख सचिव तथा मन्त्रालयका सचिव कसको निर्देशनमा कर्मचारीहरुले कमिशन कलेक्सन गरीरहेका छन् ?’ उनले भने, ‘अब त्यो प्रष्ट पार्नु आवश्यक छ ।’ मुख्यमन्त्री राईले अब आफू चुप लागेर नबस्ने बताउदै कार्यालयमा कमिशन र भ्रष्टाचार गरेको पाइएमा एक घन्टाभित्र एक्शन लिनेसमेत चेतावनी दिए ।

उनले मुख्यमन्त्री काममा सुस्तभए भन्ने आरोप लागेको भन्दे अब त्यो आरोप मिथ्या सावित हुने जिकिर गरे । सरकार अब विकास र समृद्धिको पथमा तिव्र गतिमा अघि बढने उनले बताए । संघीयता कार्यान्वयसँगै राष्ट्रसेवक कर्मचारीमाथि ठूलो जिम्मेवारी आएको भन्दै कुनै लोभ लालच नराखी जनताप्रति प्रतिवद्ध भएर काम गर्न उनले कर्मचारीलाई निर्देशन दिए ।

मुख्यमन्त्री राईले गतवर्षको बजेट ४ महीनाअघि कार्यान्वयमा आएकाले असार मसान्तसम्म विकासमा खर्च गर्नुपरेको प्रष्ट पारे । उनले विगतका वर्षमा जे भए पनि चालू आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि प्रदेश सरकारले एक्शन प्लान बनाएर अघि बढने तयारी गरिरहेको बताए । मुख्यमन्त्री राईले यसवर्षको बजेट आगामी जेठ–१५ गतेभित्र खर्च गर्ने गरी प्रदेश सरकारले काम गर्ने बताए । प्रदेश–१ का प्रमुख सचिव सुरेश अधिकारीले प्रदेश सरकारले चाँडै प्रदेशमा रहेको प्रशासनिक संयन्त्रको पुनःसंरचना गर्ने बताए ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)