ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कृषिबीमा कार्यक्रम : सरकारबाट बीमा कम्पनीहरूले अनुदान रकम पूरै पाएनन् 

Jul 23, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा

काठमाडौं । कृषिबीमा कार्यक्रम अन्तर्गत कृषकहरूले गरेको बीमामा बीमा कम्पनीहरूले सरकारबाट पाउनुपर्ने अनुदान रकम अझैसम्म पूरै पाएका छैनन् । बीमा कम्पनीहरूले पाउनुपर्ने रकम २२ करोड ७३ लाख रहेको छ । कार्यक्रम अन्तर्गत सरकारले बीमाशुल्कमा पहिलो वर्ष २०७० मा ५० प्रतिशत र २०७१ देखि ७५ प्रतिशत अनुदान दिने घोषणा गरे पनि शुरूको वर्षदेखि नै अनुदान रकम प्राप्त गर्न कठिनाइ झेल्दै आएका छन् । विशेषगरी पशुपक्षी बीमातर्पmको अनुदान रकम समयमै पाउन नसकेको कम्पनीहरूको भनाइ छ ।  

यस्तो अनुदान रकम कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बीमा समिति मार्फत कम्पनीहरूलाई भुक्तानी गर्दै आएको छ । सोही व्यवस्था अनुसार निर्जीवन बीमा कम्पनीहरूले किसानबाट २५ प्रतिशत बीमाशुल्क लिएर बाली तथा पशुपक्षीको बीमा गर्दै आएका छन् । साथै, दाबी परेको अवस्थामा किसानलाई भुक्तानी पनि गर्दै आएका छन् । तर, सरकारबाट अनुदान रकम समयमै नपाउँदा मर्का परेको सम्बद्ध कम्पनीहरूको भनाइ छ ।

कम्पनीहरूले आर्थिक वर्ष (आव) २०७५/७६ को वैशाखसम्ममा सरकारबाट अनुदान बापत रू. ५४ करोड ७५ लाख ७२ हजार रकम पाउनुपर्ने थियो । त्यसमध्ये रू. ३२ करोड २ लाख ६१ हजार मात्र पाएका छन् । करीब ९ महीनादेखि भुक्तानी दिन बाँकी त्यो रकम कृषि तथा पशुपक्षी मन्त्रालयले गत असारमा मात्र दिएको थियोे । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले पनि असारको तेस्रो साता उक्त रकम बीमा समितिलाई बुझाएको बताए ।

लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नूरप्रकाश (एनपी) प्रधानले आफ्नो कम्पनीले अनुदान बापत सरकारबाट पाउनुपर्ने रकमको करीब ५० प्रतिशत अभैm पाउन नसकेको बताए । ‘हामीले तोकिएका मापदण्डमा पूरा गर्नुका साथै सरकारले मागेका सबै तथ्यांक उपलब्ध गराएका छौं,’ उनले भने, ‘तर, सरकारबाट पाउनुपर्ने अनुदान रकम समयमै पाउन भने सकेका छैनौं ।’

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्रक्रियागत झन्झटका कारण कम्पनीहरूले समयमा अनुदान रकम पाउन नसकेको बताए । उनले भने, ‘आवश्यक प्रक्रिया पुर्‍याउन नै करीब ६/७ महीना लाग्ने रहेछ । त्यसले गर्दा कम्पनीहरूले समयमा दाबी भुक्तानी पाउन नसकेका हुन् ।’ पहिले कृषि र पशुपक्षी मन्त्रालय छुट्टाछुट्टै हुँदा पनि समस्या देखिएको थियो । तर, अहिले त त्यस्तो समस्या छैन । मन्त्रालयबाट अनुदान रकम पाउनासाथ हामीले कम्पनीहरूलाई बाँड्ने गरेका छौं ।’

कम्पनीहरूले अनुदान बापत पाउनुपर्ने रकममध्ये पशुपक्षी बीमातर्फकै मात्र रू. २२ करोड ६० लाख ९ हजार बाँकी छ । कम्पनीहरूले पशुपक्षी बीमा बापतको पुसदेखिकै अनुदान रकम पाएका छैनन् । मन्त्रालयका प्रवक्ता सुवेदी भने अनुदान रकम भुक्तानी गर्न ढिलाइ भएजस्तो आफूलाई नलागेको बताउँछन् । उनले भने ‘कम्पनीहरूको दाबी आएको अवस्थामा हामीले आवश्यक प्रक्रिया पुर्‍याएर भुक्तानी दिने गरेका छौं ।’ यद्यपि, बाली बीमातर्फ भने कम्पनीहरूले अनुदान रकम समयमै पाइरहेको समितिको तथ्यांकले देखाउँछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)