ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘संरचनागत परिवर्तन बिना आर्थिक विकास दीगो हुँदैन’

नेपालको आर्थिक विकासमा संस्थागत सुशासनको अभाव

Jul 26, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

साउन १०, काठमाडौं । नेपालको आर्थिक विकासमा संस्थाथत सुशासन र कार्यान्वयन क्षमताको अभाव रहेको भन्दै यसको सुधार बिना हुने आर्थिक विकास दीगो नहुने विज्ञहरुले बताएका छन् । नेपालको पछिल्लो आर्थिक वृद्धि रेमिट्यान्स र भूकम्पपछिको पुनर्निर्माणले बढेकाले यसैमा सन्तोष मान्ने अवस्था नभएको उनीहरुको धारणा छ ।

सर्वाङ्गिण विकास अध्ययन संस्थाले (इन्ष्टिच्युट फर इन्टरग्रेटेड डेभलपमेन्ट इस्टडिज–आईआईडीएस)ले शुक्रवार राजधानीमा आयोजना गरेको कार्यक्रममा पूर्वअर्थमन्त्रीहरुले नेपालको विकास प्रणलीलाई सुधार गर्नुपर्ने आवश्यकता माथि जोड दिएका छन् ।

पूर्वअर्थमन्त्री डा. बाबुराम भट्टराईले दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्न पूर्वाधार विकासमा जोड दिएर आन्तरिक तथा बाह्य लगानी बढाउनु पर्ने बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले अहिले आर्थिक वृद्धिदर दीगो नभएको टिप्पणी गर्दै कृषिमा आधारित जनशक्तिलाई घटाउन आवश्यक रहेको बताए ।
 
पूर्वअर्थमन्त्री डा. रामशरण महतले ठूला महत्वाकांक्षा बाँडेर मात्रै समृद्धि प्राप्त नहुने भएकाले कार्यान्वयन क्षमता बढाउन आवश्यक रहेको बताए । उनले वर्तमान सरकारले प्रचारमुखी हुन जथाभावी रकम बाँडेको र यसले अर्थतन्त्रलाई तहसनहस पार्ने बताए ।

कार्यक्रममा पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले पारदर्शी कानून र आर्थिक अनुशासन बिना विकासको लक्ष्यमा पुग्न कठिन हुने बताए । उनले सबै राजनीतिक नेताको सम्पत्ति सार्वजनिकीकरण गर्न आग्रहसमेत गरे ।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले स्मार्ट राजनीति, स्मार्ट कर्मचारीतन्त्र र शिक्षा प्रणालीको आमूल परिवर्तनले मात्रै विकासमा फड्को मार्न सकिने बताए । पढाई र गराईको तारतम्य नमिल्दा बेरोजगारी बढेको बताउँदै उनले मुलुकको अवस्थाको गहिरो अध्ययन नगरी समृद्धि हासिल गर्न नसकिने धारणा राखे ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डाक्टर स्वर्णिम वाग्ले र अर्थ तथा परराष्ट्रविद् डा. भेषबहादुर थापाले राजनीति र प्रशासनमा सुधार नगरेसम्म अर्थतन्त्रमा सुधार नआउने बताए । कार्यक्रममा संस्थाले प्रकाशन गर्दै आएको नेपाल इकोनोमिक आउटलेट २०१९ को विमोचन समेत गरिएको थियो । चालिस वर्षदेखि नेपालको अर्थतन्त्रबारे अध्ययन अनुसन्धान गर्दै आएको यो संस्थाले अर्थतन्त्रसँग सम्बन्धित विभिन्न अध्ययन अनुसन्धान गर्दै आइरहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)