ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सूर्य नेपालको कारोबार करीब ३६ अर्ब

Jul 29, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नेपालका ठूला उत्पादनमूलक उद्योगमध्येको एक सूर्य नेपाल प्रालिको कुल कारोबार आर्थिक वर्ष (आव) २०७४/७५ मा १२ दशमलव ४१ प्रतिशतले बढेको छ । आव २०७३/७४ मा रू. ३१ अर्ब ८१ करोड बराबरको कारोबार गरेको कम्पनीले २०७४/७५ मा रू. ३५ अर्ब ७६ करोडको कारोबार गरेको कम्पनीको वित्तीय प्रतिवेदनले देखाएको छ । त्यस्तै, कम्पनीले आव २०७४/७५ मा रू. ९ अर्ब ४५ करोड खुद नाफा कमाएको छ, जो अघिल्लो आवमा रू. ८ अर्ब ५७ करोड थियो । 

सूर्य नेपालले सो आवमा रू. ९ अर्ब १३ करोड २५ लाख लाभांश वितरण गरेको छ । प्रतिशेयर रू. ४५३ लाभांश वितरण गरेको कम्पनीको वार्षिक वित्तीय प्रतिवेदनमा उल्लेख छ । 

तीस वर्षदेखि सुर्तीजन्य वस्तु उत्पादन गर्दै आएको सूर्य नेपालमा भारतको आईटीसी लिमिटेडको ५९ प्रतिशत लगानी छ । यो नेपालको पुरानो विदेशी संयुक्त लगानीको उद्योग हो । 

नेपाल सरकारलाई सबैभन्दा बढी कर तिर्ने कम्पनीमध्येको एक, सूर्य नेपालले मूलतः चुरोट, अगरबत्ती, सलाई लगायत वस्तु उत्पादन गर्दै आएको छ । पछिल्लो समय फाष्ट मुभिङ कन्ज्युमर गुड्स (एफएमसीजी) मा लगानी केन्द्रित गरेको यस कम्पनीले कन्फेक्सनरी उद्योग स्थापना गरिसकेको छ भने चाउचाउ ल्याउने तयारीमा छ । मजदुर समस्याका कारण विराटनगरमा रहेको तयारी पोशाक उद्योग बन्द भएपछि कम्पनी लगानी विविधीकरणमा लागेको हो । सो उद्योग बन्द हुनुअघि सूर्य नेपालले जोन प्लेयर र स्प्रीङउड ब्राण्डका तयारी पोशाक नेपाली बजारका लागि उत्पादन गर्दै आएको थियो ।

नेपालमा सन् १९८६ मा स्थापित यस कम्पनीले सन् १९८७ डिसेम्बरदेखि नै चुरोटको उत्पादन शुरू गरेको हो । निजीक्षेत्रको सबैभन्दा ठूलो रोजगारदाताका रूपमा लिइने यस कम्पनीले  प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ४ लाखभन्दा बढीलाई रोजगारी दिएको कम्पनीको दाबी छ । नेपालमा सबैभन्दा बढी तलव बुभ्mने मजदूरमा यस कम्पनीका मजदूर पनि पर्छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)