ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड अब समस्याग्रस्त रहेन, ६ वर्षपछि फुकुवा

Jul 31, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

साउन १५, काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘ग’ वर्गको वित्त कम्पनी वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडलाई समस्याग्रस्त अवस्थाबाट फुकुवा गरेको छ । वि.सं. २०७० वैशाख १३ गते राष्ट्र बैंकले समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा गरेको थियो ।

केन्द्रीय बैंकले विगत ६ वर्षदेखि संस्थाको पूँजीकोष नकारात्मक भएकाले यसलाई समस्याग्रस्त घोषणा गरेको थियो । समस्याग्रस्त घोषण गरेपछि यस संस्थालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार निक्षेप स्वीकार गर्ने, कर्जा प्रवाह गर्ने, जमानत प्रदान गर्ने लगायतका कारोबार गर्न नपाउने गरी कारबाही गरेको वित्त कम्पनी सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सुनिल उदासले बताए । उनका अनुसार लामो समयदेखि समस्यामा रहेको वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाईनान्सको वित्तीय अवस्थामा सुधार देखिएपछि यसलाई केन्द्रीय बैंकको साउन ७ गतेको निर्णयबमोजिम समस्याग्रस्त अवस्थाबाट सशर्त फुकुवा गरिएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)