ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मेलम्ची खानेपानी आयोजना : प्राविधिक मूल्यांकनमा दुई ठेकेदारको छनोट

Aug 6, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दुर्गा लामिछाने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ र हेडवक्र्सको काम सम्पन्न गर्न आवेदन दिएका ठेकेदारमध्ये प्राविधिक मूल्यांकनमा एक चिनियाँ र एक नेपाली कम्पनी छानिएका छन् । चिनियाँ कम्पनी सिनो हाइड्रो र हाइ हिमालय एन्ड रमण जेभी कम्पनी प्राविधिक मूल्यांकनमा स्वीकृत भएको मेलम्ची खानेपानी आयोजना विकास समिति स्रोतले बतायो । 

स्रोतका अनुसार उक्त कम्पनीहरूको आर्थिक मूल्यांकन प्रक्रिया अघि बढेको छ । ‘प्राविधिक मूल्यांकनमा पास भएका सिनो हाइड्रो र हाइ हिमालय एन्ड रमण जेभीको आर्थिक मूल्यांकनका लागि शुक्रवार एडीबी पठाइएको छ,’ स्रोतले भन्यो, ‘१ हप्ताभित्र आर्थिक मूल्यांकन पनि भएर आउने अपेक्षा छ ।’

आर्थिक मूल्यांकनपछि कम्पनीहरूलाई १ महीनाभित्र कार्यक्षेत्रमा पठाउन सकिने स्रोतले जानकारी दियो । ‘आर्थिक मूल्यांकन भएपछि ७ दिनको म्याद राखेर आशयपत्र (काम गर्ने तत्परताका सम्बन्धमा बुझ्न) पठाइनेछ,’ स्रोतले भन्यो, ‘त्यसबीचमा कुनै उजुरी परेन भने १५ दिनभित्र बैंक ग्यारेन्टी सहित ठेक्का सम्झौता गर्न बोलाइन्छ र सम्झौता गरी कार्यक्षेत्रमा पठाइन्छ ।’

२०७० असार ३१ गतेदेखि आयोजना निर्माणको जिम्मा इटालीको ठेकेदार कम्पनी ‘कर्पोरेटिभ मुराटोरी सिमेन्टिस्टी (सीएमसी) डी रभेन्ना’ले पाएको थियो । सो कम्पनीे करीब ८५ प्रतिशत काम सम्पन्न भएको अवस्थामा २०७५ मङ्सिर २९ गते कार्यथलो छोडी हिँडेपछि बाँकी काम सम्पन्न गर्न नयाँ ठेकेदार छनोटको काम अघि बढाइएको हो । 

बाँकी कामलाई १० प्याकेजमा विभाजन गरी सुरुङ र हेडवक्र्सका काम सम्पन्न गर्न मात्रै बोलपत्र आह्वान गरिएको हो ।

सुरुङको ठेक्का पाउने कम्पनीले डाइभर्सन सुरुङ र अडिट सुरुङको लाइनिङ र फिनिशिङ, क्याम्पहरूको मर्मत, सुरुङको अन्तिम चरणको संरचना निर्माण, अडिट सुरुङसम्मको पहुँचमार्ग सुधार लगायत काम गर्नुपर्ने समितिले जानकारी दिएको छ ।

यी दुईबाहेक अन्य ८ प्याकेज भने पहिले सीएमसीसँग काम गरेकै ८ कम्पनीलाई दिइएको छ । उक्त कम्पनीहरूलाई विना प्रतिस्पर्धा काम दिँदा आप्mना मान्छेलाई दिएको भन्ने आरोप आयोजना विकास समिति लगायत सम्बद्ध अधिकारीहरूमाथि लागेको छ । 

आन्दोलनको तयारी
अघिल्लो ठेकेदार सीएमसीलाई आवश्यक सामान आपूर्ति गरेका तथा सेवा दिएका सहायक ठेकेदार तथा मजदूरहरू आफूले पाउनुपर्ने रकम भुक्तानी नभएको भन्दै आन्दोलनको तयारीमा रहेका छन् । आफूहरूले पाउन बाँकी रहेको १ अर्ब ६७ करोड रुपैयाँको विवरण सहितको प्रतिवेदन गत असार २१ गते आयोजना विकास समितिलाई बुझाए पनि सुनुवाइ नभएकाले आन्दोलनमा जानुको विकल्प नरहेको उनीहरूको भनाइ छ  । 

यसबीचमा मेलम्ची बोर्डले आवश्यक जाँचबुझका लागि प्राविधिक समिति गठन गरी एक प्रतिनिधि छनोटका लागि खानेपानी मन्त्रालयमा पत्र पठाएको स्रोतले जानकारी दियो । पत्र पठाएको झन्डै आधा महीना बित्न लाग्दा पनि मन्त्रालयले प्रतिनिधि छनोट गरी काममा खटाएको छैन । यस्तो अवस्थामा नयाँ ठेकेदार छनोटको प्रक्रिया अघि बढेपछि पीडितहरू आन्दोलनको तयारीमा जुटेको, आयोजना रहेको जिल्ला सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले बताए । उनी पीडितहरूले समितिलाई बुझाएको प्रतिवेदन तयार पार्ने छानबिन कार्यदलका संयोजक पनि हुन् । ‘पीडितका समस्या सम्बोधन नगरी ठेकेदार छनोटको काम अघि बढेकाले पीडितहरू आन्दोलनको तयारीमा लागेका छन्,’ उनले भने, ‘मलाई चाहिँ कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती आइपरेको छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)