ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सडक कालोपत्रेका लागि मुख्यमन्त्रीलाई गुहार्न पुगे नगरप्रमुख चौधरी

Aug 6, 2019  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

साउन २१, महेन्द्रनगर । ‘बेलौरी–कलुवापुर सडकखण्ड कालोपत्रे नहुदाँ वर्षामा हिलाम्य र हिउँदमा धुलाम्य हुन्छ, स्थानीयले सडकका कारण सास्ती खेप्नु परेको छ,’ मंगलवार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाउँदै बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले भने ।

नगरप्रमुख चौधरीको नेतृत्वमा कार्यपालिका सदस्यसहितको सर्वदलीय–सर्वपक्षीय टोलीले मुख्यमन्त्री भट्ट र प्रदेशका भौतिक पूर्वाधार मन्त्री पठान सिंह बोहरालाई भेटी उक्त सडकखण्ड तत्काल कालोपत्रे गरिदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएका हुन् । ‘बेलौरी–कलुवापुर सडकखण्ड स्थानीयको जनजीविकासँग प्रत्यक्ष जोडिएको अतिआवश्यक र जिल्लाको विकाससँग जोडिएको छ, यसलाई तत्काल कालोपत्रे गरिनुपर्छ,’ नगरप्रमुख चौधरीले भने । कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने उक्त सडकखण्ड कालोपत्रे नहुदाँ धुलोधुवाँका कारण स्थानीयको जनजीवन कष्टकर बनेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराइएको हो ।

नगरप्रमुख चौधरी नेतृत्वको टोलीले चालू आर्थिक वर्षमा कुनै पनि हालतमा बेलौरी–कलुवापुर सडकखण्ड कालोपत्रे गरिनुपर्ने बताएको छ । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्ट र भौतिक मन्त्री बोहराले बेलौरी सडक कालोपत्रेका लागि प्रदेश सरकारको ध्यानाकर्षण भएको बताए । साथै मुख्यमन्त्री भट्टले तत्काल बेलौरी–कलुवापुर सडकखण्ड कालोपत्रेका लागि पहल गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)