ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कुश्मामा फोहोर व्यवस्थापन प्रभावकारी

Aug 8, 2019  
प्रदेश समाचार गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar रोशन तिवारी

पर्वत । बजार क्षेत्रको फोहोर व्यवस्थापनमा लामो समयदेखि समस्या झेल्दै आएको कुश्मा नगरपालिकाले फोहोर वर्गीकरण गरेर व्यवस्थापन गर्न थालेको छ । यसले बजार सफा हुन थालेको छ भने फोहोर प्रशोधनसमेत हुने भएको छ । 

हाल हप्ताको तीनपटक घरघरै फोहोर संकलनका लागि दुईटा सवारीसाधन आउँछन् । एउटामा कुहिने फोहोर र अर्कोमा नकुहिने फोहोर संकलन गर्न थालिएको छ । सदरमुकाम कुश्माबजारमा दैनिक रूपमा १० टन फोहोर संकलन हुने अनुमान छ । संकलित कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउन थालिएको छ भने नकुहिने फोहोर अलग गरी पुनः प्रयोग गर्न थालिएको छ । ‘फोहोर व्यवस्थापनको झन्झट अहिले हटेको छ,’ नगरप्रमुख रामचन्द्र जोशीले भने, ‘फोहोरबाट आम्दानी पनि हुने भएपछि दोहोरो फाइदा हुँदै छ ।’ 

संकलित फोहोर कुश्मा–४, छमर्केस्थित घुम्तीको जमीनमा लगेर व्यवस्थापन गर्न थालिएको हो । फोहोर व्यवस्थापनका लागि जग्गा छनोटमा करीब ३ वर्षसम्म संघर्ष गरेको कुश्माले गत फागुनमा मध्यपहाडी लोकमार्गको छमर्के घुम्तीदेखि करीब ५ सय मिटर तल छमर्के जंगलभित्रको खाली जग्गा फेला पारेको हो । ‘जग्गा पाउनै ठूलो संघर्ष गर्नु प¥यो,’ कुश्मा–७ का वडाध्यक्ष सुवासचन्द्र पौडेलले भने, ‘१० वर्षसम्मका लागि जग्गा पाएका छौं ।’ नगरपालिकाले करीब ३२ रोपनी जग्गा १० वर्षका लागि लक्ष्मीनारायण गुठी तथा अन्य चारजना व्यक्तिसँग भाडामा लिएर फोहोर व्यवस्थापन शुरू गरेको पौडेलले बताए । उनका अनुसार सामुदायिक स्रोत तथा वातावरणीय विकास केन्द्र (सेक्रेट नेपाल) सँगको साझेदारीमा फोहोरको व्यवस्थापन थालिएको हो । नगरपालिकाको ४, ५, ६, ७, ८ र ९ वडाभित्रको फोहोर संकलन गरी वर्गीकरणसहित व्यवस्थापन शुरू गरेको छ ।

यसअघि कुश्मामा फोहोर व्यवस्थापन सबैभन्दा चुनौतीको विषय थियो । फोहोर फाल्ने ठाउँ नहुँदा पर्वत बहुमुखी क्याम्पसको छेवैमा पोखरा–बाग्लुङ सडक र बडागाउँको डिलबाट फोहोर फालिन्थ्यो । त्यसरी फालेको फोहोर सीधै कालीगण्डकीमा मिसिने र त्यसले वातावरणमा गम्भीर असर पारेको भन्दै तत्कालीन पुनरावेदन अदालत बागलुङमा रीट निवेदनसमेत परेको थियो ।  

हाल फोहोर व्यवस्थापन थालिएको जग्गा आसपासमा बस्ती नभएको र फोहोरलाई पुनः प्रयोग गरिएकोले कसैको विरोध छैन । फोहोर व्यवस्थापनका लागि नगरवासीले निश्चित रकम तिर्दै आएका छन् । ठूला होटल, अस्पताल, विद्यालयले मासिक २ सयदेखि ४ सयसम्म र घर परिवारले मासिक सय रुपैयाँ तिर्दै आएका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)