ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सम्पदा पुनर्निर्माणमा २ अर्ब १२ करोड खर्च

Aug 9, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पबाट क्षति पुगेका सांस्कृतिक सम्पदाको पुनर्निर्माणमा रू. २ अर्ब १२ करोड ६२ लाख खर्च भएको छ । यो खर्चबाट ३८० सम्पदाको पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ । 

प्राधिकरणका अनुसार पुनर्निर्माण सम्पन्न पुरातात्त्त्विक सम्पदामध्ये विश्वसम्पदा सूचीभित्रका ९६ छन् भने विश्वसम्पदा सूचीबाहिरका २८४ छन् । पुनर्निर्माण सम्पन्न सम्पदाहरूमा हनुमानढोका दरबार क्षेत्रका गद्दी बैठक, नाट्येश्वर मन्दिर, कृष्ण मन्दिर, नगराघर, प्रताप मल्लको सालिक (पुनःस्थापना भएको), तलेजु मन्दिर, भक्तपुर दरबार क्षेत्रका विभिन्न मन्दिर लगायत छन् । 

भूकम्पबाट कुल ८९१ पुरातात्त्त्विक एवं सांस्कृतिक सम्पदामा क्षति पुगेको थियो । तीमध्ये भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका ७५३ ओटा छन् भने भूकम्प प्रभावित १७ जिल्लाका १३८ ओटा छन् ।

पुरातात्त्त्विक तथा सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माणलाई विशेष प्राथमिकता दिएर कार्य गरिरहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । सम्पदाहरूको पुनर्निर्माण अझ तीव्र पार्न पुरातŒव विभागको क्षमता वृद्धि गर्नुका साथै अनुगमन थप प्रभावकारी बनाइने ज्ञवालीले बताए ।

पुरातŒव विभागका निमित्त महानिर्देशक दामोदर गौतमले चालू आर्थिक वर्षमा थप १५० सम्पदाको पुनर्निर्माण गर्ने कार्यक्रम रहेको जानकारी दिए । पुनर्निर्माण भइरहेका मुख्य सम्पदाहरूमा रानीपोखरी, धरहरा, वसन्तपुरस्थित काष्ठमण्डप तथा नौतले दरबार, रातो मछिन्द्रनाथको मन्दिर, नुवाकोटस्थित साततले दरबार लगायत रहको उनले बताए ।

भूकम्पबाट क्षतिग्रस्त पुरातात्त्त्विक सम्पदाहरूको पुनर्निर्माणमा नेपाल सरकारका स्रोतका अतिरिक्त विभिन्न राष्ट्रहरूको सहयोग रहेको छ । यसरी सहयोग गर्नेमा चीन, भारत, अमेरिका, स्वीट्जरल्यान्ड, श्रीलंका, जापान लगायत छन् । काठमाडौंस्थित युनेस्को कार्यालय, अस्ट्रियाको भियनास्थित हेन्केल फाउन्डेशन तथा युनिभर्सिटी अफ एप्लाइड आर्ट्सले पनि सहयोग गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)