ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भीमदत्तमा ८ किलोमीटर मात्रै कालोपत्रे गरियो, सडक तथा पुलमा १० करोड १२ लाख खर्च

Aug 9, 2019  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

साउन २४, महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले गत आर्थिक वर्षमा सडक कालोपत्रे गर्ने लक्ष्य पुरा गर्न असफल भएको छ । नगरपालिकाले गत आव २०७५÷७६ मा १० किलामीटर सडक कालोपत्रेको लक्ष्य लिएको थियो । तर ८ किलोमीटर सडक मात्रै कालोपत्रे सम्पन्न भएको नगरपालिकाका इन्जिनियर हिमालय सिंह ऐरले जानकारी दिए ।

उक्त ८ किलोमीटर कालोपत्रे सडकले नगरपालिकाका १९ ओटै वडालाई भने छोएको छ । इन्जिनियर ऐरका अनुसार नगरपालिकाले गत आवमा ३४ किलोमीटर सडकमा ग्राभेल गरेको छ भने ११ किलोमीटर नयाँ सडकको ट्र्याक खोलिएको छ । नगरपालिकाले गत आवमा सडक तथा पुल निर्माणमा रू. १० करोड १२ लाख ६० हजार बजेट खर्च गरेको छ ।

योजनाको ढिलो ठेक्का सम्झौता र निर्माणमा ठेकेदार पक्षले गरेको ढिलासुस्तीका कारण कालोपत्रेको लक्ष्य पुरा नभएको नगरपालिकाले बताएको छ । ‘नगरपालिकाका केही योजनामा सम्झौता नै ढिलो भयो, केहीमा निर्माण व्यवसायीको कमजोरी पनि रहेको छ,’ इन्जिनियर ऐरले भने ।

गत आवमा नगरपालिकाबाट सञ्चालन गरिएका २१ ओटा योजनाको निर्माण कार्य पूरा भएको छैन । जसमा अधिकांश सडकका योजना छन् । नगरपालिकाले लामो समयपछि गत आवमा कालोपत्रे गर्न लागेको एयरपोर्ट रोडसमेत कालोपत्रे हुन समेको छैन ।

नगरपालिकाले बनाउन लागेको सामुदायिक भवन, नगरपालिका गेट, साईकल पार्किङ लगायतका योजना अधुरै रहेका हुन् ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)