ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पहिलो पटक एमपीपीएम कोर्ष शुरु गर्दै कुसोम,  नीति नीर्माण र कार्यान्वयनको सीप सिकाउने कोर्ष  

Aug 12, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

साउन २७, काठमाडौं । यूनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट (कुसोम)ले सरकारी तथा निजी क्षेत्रमा सार्वजनिक नीति र यसको व्यवस्थापनमा जोड दिन पहिलो पटक स्नातकोत्तर तहमा सार्वजनिक नीति र व्यवस्थापन (पब्लिक पोलीसी एण्ड म्यानेजमेन्ट) कोर्षको अध्यापन शुरु गर्दैछ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले राजधानीमा सोमवार आयोजना गरेको ‘नेपालमा सार्वजनिक नीति र व्यवस्थापन शिक्षाको आवश्यकता र महत्व’ बारे गरीएको अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो । 

सरकारी तथा गैर सरकारी संस्था (बैंक तथा वित्तिय संस्था, बीमा लगायतका कमर्सीयल हाउसहरू)मा नीति निर्माण गर्न र कार्यान्वयन गर्ने सीप सीकाउन दुई वर्षे उक्त कोर्ष अध्यापन गर्न लागिएको हो । 

कलेजका डिन विजय केसीले नेपालमा सार्वजनिक प्रशासन कमजोर हुन थालेकाले सार्वजनिक नीति र व्यवस्थापन कोर्ष जरुरी भएको औंंल्याए । उनका अनुसार सरकारी क्षेत्रमा कार्यरत नीजामती कर्मचारीदेखि हरेक संस्थामा नीति बनाउने र यसलाई व्यवस्थित कार्यान्वयन गर्न यो कोर्ष सहायक सिद्ध हुने छ ।

‘अझै नीतिलाई राम्ररी सम्बोधन गर्न नसकेको देखिन्छ, विश्लेषण गरेर मात्र हुँदैन यसलाई कार्यान्वयन कसरी गर्ने भन्ने बढाउनु पर्छ’, उनले भने, ‘यो कोर्ष पढेपछि नीतिलाई विश्लेषण गर्ने क्षमताको विकास हुन्छ,संघीयता तथा स्थानीय सरकार, हाईड्रोपावर लगायतका क्षेत्रमा समेत काम गर्ने सीप सिकाउँछ ।’ 

यसैगरी अन्तरक्रियामा आईआईडीएसका कार्यकारी निर्देशक डा.विष्णुदेव पन्तले नेपालमा भ्रष्टाचार मौलाउँदै गएकाले यो कोर्ष पढ्न जरुरी भएको ठानेर यसलाई अध्यापन गर्न लागिएको बताए । 

यो कोर्षको पाठ्यक्रम वर्षाैं लगायर  विभिन्न टप लेभलका वयक्तिसँगको अन्तरक्रियापछि तयार पारीएको उनले जानकारी दिए । यस्तै, कुसोमका प्रो.डा. अच्यूत वाग्लेले नेपालमा नीति भएको तर लागू हुन नसकेको गुनासो गरे । उनले भने, ‘ल्याएका योजना कार्यान्वयन हुन सकेका छैनन, किन नीति लागू भएन भनेर आधारभूत सैद्धान्तिक अधययन हुन जरुरी छ ।’

नीति निर्माण, कार्यान्वयन र नीतिलाई समयसापेक्ष कसरी अद्यावधिक गर्दै जाने भन्नेबारे सीप सीक्न यो कोर्ष आवश्यकता भएको उनको भनाई छ । कुसोमले अनुसन्धान गर्ने संस्था ‘ईन्स्टीच्यूट फर ईन्टग्रेटेड डेभलपमेन्ट स्टडिज’ (आईआईडीएसले)को सहकार्यमा सञ्चालन गर्ने यो कोर्षमा यसै महीनादेखि भर्ना लिइरहेको छ । आगामी महीनाको बीचदेखि कक्षा शुरु हुने यो दुई वर्षे कोर्षमा करीब रू.३ लाख ५० हजार शुल्क लाग्ने कलेजका डिन केसीले जानकारी दिए । 
 
उनका अनुसार ५ जनालाई पुरा छात्रवृत्तिको व्यवस्था भएको र अझै आईआईडिएससँग मिलेर थप छात्रवृत्तिको व्यवस्था गर्ने योजना रहेको छ । जुनसुकै विषयमा स्नातक तथा स्नात्तकोत्तर गरेका र कुमुलेटिभ ग्रेड पोईन्ट एभरेज  (सीपिपिए) २ देखि ४सम्म अर्थात औसत ४५ प्रतिशत पूर्णाङ्क ल्याएका व्यक्ति यो कोर्ष पढ्न योग्य हुने छन् । 

विशेष गरेर विभिन्न संस्था तथा पेशामा आवद्ध नागरीकलाई अनुकुल पर्ने गरी विहान तथा बेलुका अध्यापन गरिने  छ । यो कोर्षको पाठ्यक्रम विशेष गरी ५ क्षेत्रमा केन्द्रित गरीएको छ । यस नीतिगत व्यवस्थामा समेट्न जरुरी भएका सामाजिक नीति र न्याय (सोसियल पोलीसी एण्ड जस्टिक), संघीयता र स्थानीय सरकार(फेडेरलीजम एण्ड लोकल गभर्नमेन्ट), विकास नीति (डेभलपमेन्ट पोलीसी), उर्जा र हाईड्रो पावर नीति ( ईनर्जी एण्ड हाईड्रोपावर पोलीसी), यातायात र पूर्वाधार नीति (ट्रान्सपोर्ट एण्ड ईन्फ्रास्ट्रक्चर पोलीसी) लाई अध्यापनमा केन्द्रित गरीएको छ । 

अध्यापनको लागि कलेज तथा आईआईडीएसले अन्तरराष्ट्रिय विश्वविद्यालयबाट स्रोत व्यक्ति ल्याउन सम्झौता पत्रमा हस्ताक्षर (एमओयू) भएको जानकारी दिएको छ । 

विसं २०४९मा स्थापना भएको यो कलेजले हालसम्म एमबिए (मास्टर्स ईन विजनेस याडमिनीस्ट्रेसन), बीबीए (व्याचलर ईन विजनेस एडमिनिस्ट्रेशन), बीबीआईएस (व्याचलर ईन विजनेस ईन्फरमेशन सिस्टम), विएचटिएम (व्याचलर ईन हस्पीटालिटी एण्ड टुरीजम म्यानेजमेन्ट) कोर्षमा अध्यापन गर्दै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)