ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वाइवाइ नेशनल एजुकेशन अवार्ड : गोपालध्वज श्रेष्ठ उत्कृष्ट शिक्षक, सविना सुवेदी उत्कृष्ट विद्यार्थी

१३ विधामा १६ अवार्ड

Aug 12, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

साउन २७, काठमाडौं । शैक्षिक क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्ति एवम् संस्था १५औं वाइवाइ नेशनल एजुकेशन अवार्डबाट सम्मानित भएका छन् । सोमवार राजधानीमा आयोजित विशेष समारोहमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विजेताहरुलाई अवार्ड प्रदान गरेका हुन् ।

बेष्ट टिचर अवार्डबाट हनुमन्तेश्वर मावि, दोलखाका गोपालध्वज श्रेष्ठ र बेष्ट स्टुडेन्ट अवार्डबाट कालिका मानवज्ञान मावि, बुटवलकी सविना सुवेदी सम्मानित भएका छन् । राइजिङ अवार्डबाट समृद्धि एजुकेशन फाउण्डेशन, भक्तपुर र क्रिएटिभ कलेज अवार्डबाट एनसीसीएस, पकनाजोल, काठमाडौं सम्मानित भएका छन् । यसैगरी कन्ट्रिव्युशन अवार्डबाट शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई–नेपाल) सम्मानित भयो । एजुकेशन जर्नालिष्टमा नेपाल टेलिभिजनका रविचन्द्र पराजुली र कारोबार दैनिकका गोपाल संग्रौलाले अवार्ड प्राप्त गरेका छन् ।

डेडिकेशन अवार्डबाट नेपाल सरकारका सहसचिव खगेन्द्र नेपाल तथा दाङका शिक्षासेवी मान बहादुर बुढा, प्रिन्सिपल अफ दि इयरबाट नाइटिङ्गेल एजुकेशन फाउण्डेशनकी रञ्जना प्रधान, गुडविल अचिभेमेन्ट अवार्डबाट नवलपरासीको अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्ट, एक्सिलेन्स अवार्डबाट ग्लोबल कलेज अफ म्यानेजमेन्ट, स्कूल अफ दि इयरबाट सामुदायिकतर्फ जनज्योती मावि सुर्खेत तथा संस्थागततर्फ न्यू होराइजन स्कुल, रुपन्देही पुरस्कृत भएका छन् । एजुकेशन भिजन अवार्डबाट शिक्षासेवी बालानन्द पौडेल, इन्स्पिरेशनल अवार्डबाट सांसद शान्ता चौधरी र लाइफटाइम एचिभमेन्ट अवार्डबाट कास्कीका शिक्षासेवी रत्नमान गुरुङ सम्मानित भए । शिक्षालय मासिकले आयोजना गरेको उक्त अवार्ड कार्यक्रममा १३ विधामा गरी १६ ओटा अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सत्तारुढ नेकपाका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री दाहालले शैक्षिक विकासका लागि सबैपक्ष लाग्नुपर्ने बताए । एसडिके कोरियाका प्रमुख प्रो. जोङ दाइकीले नेपालका शिक्षालयहरुसँग सहकार्य गर्ने जानकारी दिए । कार्यक्रमका निर्देशक बालमुकुन्द आचार्यले शिक्षामा नीतिगत विकाससँगै व्यावहारिक विकासको आवश्यकता रहेकोमा जोड दिए । शिक्षालयका प्रधान सम्पादक श्याम तण्डुकारले नेशनल एजुकेशन अवार्डलाई इन्टरनेशनल बनाउने सोच रहेको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)