ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

श्री एयरलाइन्सको परीक्षण उडान सफल

Aug 13, 2019  
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । श्री एयरलाइन्सले अन्तरराष्ट्रिय उडानको सफल परीक्षण गरेको छ । श्री एयरलाइन्सको विमान सोमवार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दिउँसो ४ः३० मा उडान भरी ५ बजे भारतको बनारसमा अवतरित भएको थियो । 

उडानमा नेपाल नागरिक उड््डयन प्राधिकरणका ५ जना अधिकारी र एयरलाइन्सका कर्मचारीसहित १७ जना सवार थिए । बनारसबाट उक्त जहाज सोमवार राती ८ बजे सफलतापूर्वक काठमाडौं फर्किएको एयरलाइन्सका म्यानेजर अनिल मानन्धरले जानकारी दिए । 

श्री एयरलाइन्सले चार्टरमार्फत अन्तरराष्ट्रिय उडान गर्ने उल्लेख गरेको छ । ६ महीनाअघि नै मन्त्रालयबाट अनुमति पाए पनि प्राधिकरणबाट विमान उडान अनुमति (एओसी) नपाएका कारण परीक्षण उडानमा ढिलाइ भएको एयरलाइन्सको भनाइ छ । प्राधिकरण (क्यान)ले आइतवार मात्र परीक्षण उडानका लागि अनुमति दिएको थियो । क्यानको रिपोर्टपछि उडान शुरू गर्ने एयरलाइन्सका म्यानेजर मानन्धरले बताए । 

श्री एयरलाइन्ससँग हाल बम्बार्डिएरको ५० सिट क्षमताका २ ओटा र ७० सिट क्षमताका २ ओटा जहाज छन् । अर्को हप्ता ८० सीट क्षमताको सिजे जहाज ल्याउने तयारी भइरहेको मानन्धरले जानकारी दिए । श्री एयरलाइन्सले हाल भद्रपुर, विराटनगर, राजविराज, भैरहवा, नेपालगञ्ज र धनगढीमा नियमित उडान गर्दै आएको छ ।  नयाँ जहाज आएपछि पोखरा, सिमरा र जनकपुरमा पनि उडान गरिने एयरलाइन्सले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)