ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घलेम्दी जलविद्युतको आन्तरिक परीक्षण सफल, व्यावसायिक उत्पादनका लागि संरचना तयार

Aug 13, 2019  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

साउन २८, म्याग्दी । पाँच मेगावाट क्षमताको घलेम्दी जलविद्युत आयोजनाको आन्तरिक परीक्षण सफल भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा रहेको घलेम्दी खोलामा निर्माण भएको आयोजनाको सम्पूर्ण संरचना व्यावसायिक उत्पादनका लागि तयारी अवस्थामा रहेको आयोजनाका प्रबन्धक निर्देशक प्रमोद श्रेष्ठले बताए । आयोजनाको बाँधदेखि पावरहाउससम्मको सम्पूर्ण संरचना तयार भैसकेको उनको भनाइ छ ।

१ महीना अगाडी नै परीक्षण गर्ने योजना भएपनि बाढीले इन्टेकको बाँध हुँदै टनेलभित्र प्रवेश गरेको बाढीले इन्टेक र टनेलमा क्षति पु¥याएपछि काम रोकिएको थियो । मर्मतको काम सकिएलगत्तै उपकरणको परीक्षण गरिएको आयोजनाका बिमल रिजालले बताए । १ महीना परीक्षणकै रुपमा विद्युत उत्पादन गरी नारच्याङकै घरापमा रहेको तातोपानी साना जलविद्युत हुँदै केन्द्रीय प्रसारण लाइनमा जडान गरिने छ ।

दानामा निर्माणधीन सवस्टेशनको काम सकिएपछि आयोजनाको क्षमता अनुसारको विद्युत सजिलै केन्द्रीय प्रसारण लाइनमा जडान गरिने छ । आयोजनामा उत्पादन भएको विद्युत् वर्षायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा प्रतियुनिटका दरले खरीद गर्ने गरी नेपाल विद्युत प्राधिकरणसँग सम्झौता भएको छ । प्राधिकरणले वार्षिक साढे १३ करोड रुपैयाँ बराबरको विद्युत खरीद गर्नेछ ।

वि.सं. २०७१ बाट निर्माण थालिएको आयोजना म्याग्दीमा व्यावसायिक विद्युत उत्पादन गर्ने पहिलो निजी क्षेत्रको जलविद्युत आयोजना हुनेछ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)