ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घलेम्दीखोलाको परीक्षण सफल

Aug 15, 2019  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित घलेम्दी जलविद्युत् आयोजनाको आन्तरिक परीक्षण सफल भएको छ । घलेम्दी खोलामा आएको बाढीले इन्टेक र टनेलमा क्षति पुगेपछि आयोजनाको काम रोएिको थियो । अहिले क्षतिको मर्मतसम्भार र काम काम सकिएपछि विद्युत् उत्पादनको परीक्षण सफल भएको आयोजनाका प्रबन्ध निर्देशक प्रमोद श्रेष्ठले बताए ।

एक महीनाअघि नै परीक्षण गर्ने लक्ष्य रहे पनि इन्टेकको बाँध हुँदै टनेलभित्र पसेको बाढीले भुइँ ढलान र सर्टकिटमा क्षति पु¥याएको थियो । ५ मेगावाट क्षमताको यो आयोजनाको बाँधदेखि विद्युत्गृहसम्मको सम्पूर्ण संरचना व्यावसायिक उत्पादनका लागि तयार रहेको श्रेष्ठले जानकारी दिए । विद्युत् १ महीना परीक्षण उत्पादनपछि नारच्याङकै घरापमा रहेको तातोपानी साना जलविद्युत् हुँदै केन्द्रीय प्रसारण लाइनमा जडान गरिनेछ । दानामा निर्माणाधीन सबस्टेशनको काम सकिएपछि आयोजनाको विद्युत् सजिलै केन्द्रीय प्रसारण लाइनमा जडान गरिनेछ । प्राधिकरणले वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा विद्युत् खरीद गर्ने सम्झौता भएको छ । प्राधिकरणले वार्षिक साढे रू. १३ करोडबराबरको विद्युत् खरीद गर्ने भएको हो । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)