ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अर्थ समितिद्वारा समग्र पूँजीबजारबारे अध्ययन गर्न उपसमिति गठन

बैंकहरूले ब्रोकर लाइसेन्स पाउने समयावधि लम्बिन सक्ने 

Aug 15, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ममता थापा

काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिले बुधवार समग्र पूँजीबजारबारे अध्ययन गर्न रामकुमारी झाँक्रीको संयोजकत्वमा उपसमिति गठन गरेसँगै वाणिज्य बैंकका लागि ब्रोकर लाइसेन्स पाउने समय केही लम्बिन सक्ने देखिएको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएका वाणिज्य बैंकले आफ्नो सहायक कम्पनी मार्फत धितोपत्र कारोबार (खरीद विक्री) गर्ने गरी ब्रोकर अनुमतिपत्र पाउने नीतिगत व्यवस्थाको धितोपत्र दलाल व्यवसायीहरूले विरोध गर्दै आएका छन् । 

वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिँदा ‘इन्साइडर ट्रेडिङ’ हुने खतरा औंल्याउँदै अर्थ समितिले अध्ययन गर्न लागेको बताएको छ । बुधवार राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल, अर्थ सचिव डा. राजन खनाल, धितोपत्र बोर्ड, स्टक एक्सचेन्ज लगायतका अधिकारीहरूसँगको छलफलपछि आवश्यक निर्णय लिनुअघि अध्ययन गर्ने पक्षमा अर्थ समिति देखिएको हो । विगत केही समयदेखि लगानीकर्ताले अपेक्षा गरेअनुसार शेयरबजार फस्टाउन नसकेपछि संसद्को अर्थ समितिले समेत अध्ययन गर्न चासो देखाएको हो । 

समितिले नेपालको वित्तीय क्षेत्रको वर्तमान अवस्था, पूँजीबजार र ब्रोकर लाइसेन्स लगायतका बारेमा आवश्यक निर्णय गर्न अध्ययन थालेको बताएको छ । ‘शेयरबजार लामो समयदेखि विस्तार हुन नसकी स्थिरप्रायः रहिरहेको र मुद्राबजारमा समेत समयसमयमा आरोह अवरोह भइरहेको सन्दर्भमा उपसमिति गठन गरिएको’ समितिको निर्णयमा भनिएको छ । 

उपसमितिलाई २ महीना समयावधि दिइएकाले बैंकहरूले २ महीनापछि मात्रै बोक्रर लाइसेन्स पाउने देखिएको छ । उपसमितिको प्रतिवेदन नआउन्जेलसम्म बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया रोकिन सक्ने समितिका एक सदस्यले बताए । 

बुधवारको छलफलमा अर्थसचिव डा. खनालले वाणिज्य बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनु सफल अन्तरराष्ट्रिय अभ्यास भएकाले नेपालमा पनि सान्दर्भिक हुने बताए ।

‘छिमेकी मुलुक भारत, श्रीलंका, बंगलादेश, चीन, भुटान लगायत देशमा बैंकले ब्रोकरको कारोबार गरेकाले नेपालमा समेत यो सही हुने भएकाले यसलाई हामीले प्राथमिकतामा राखेर अनुमति दिने निर्णय गरेका हौं,’ उनले भने । 

समितिका अनुसार वित्तीय क्षेत्रसँग सम्बद्ध समस्या, समस्या सृजना हुनुका कारण, सम्बन्धित निकायबाट भइरहेका काम कारबाही र समाधानका लागि गर्नुपर्ने नीतिगत, संरचनात्मक र व्यवस्थापकीय लगायत सुझावसहितको प्रतिवेदन उपसमितिले बुझाउनेछ । 

राष्ट्र बैंकका अनुसार सहायक कम्पनी मार्फत धितोपत्र कारोबार गर्ने अनुमतिका लागि हालसम्म १९ बैंकले केन्द्रीय बैंकमा निवेदन दिइसकेका छन् । राष्ट्र बैंकबाट अनुमति पाइसकेपछि सम्बद्ध बैंकहरूले धितोपत्र बोर्डबाट पनि अनुमति लिई नेपाल स्टक एक्सचेन्जमा आप्mनो सहायक कम्पनी दर्ता गर्नुपर्छ । 

अहिलेसम्म एनआईसी एशिया बैंकले एनआईसी एशिया सेक्युरिटिज, सानिमा बैंकले सानिमा सेक्युरिटिज र प्रभु बैंकले प्रभु स्टकमार्केट नामको सहायक कम्पनी नेप्सेमा दर्ता गरिसकेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)