ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैंकासुरेन्स कडाइ प्रकरण : बैंकर्स संघविरुद्ध बीमा अभिकर्ताहरू राष्ट्र बैंकमा

Aug 16, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नयाँ मौद्रिक नीतिमार्फत बैंकासुरेन्समा गरिएको कडाइ फुकुवा गर्न नेपाल बैंकर्स संघले माग गरेपछि त्यसको विपक्षमा जीवन बीमा अभिकर्ताहरू उभिएका छन् । पेशागत बीमा अभिकर्ता संघले बैंकासुरेन्स फुकुवा नगर्न भन्दै बैंकर्स संघविरुद्ध राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाललाई बुधवार १० बुँदे ज्ञापनपत्र  बुझाएका छन् ।

बैंकहरूलाई बीमा पोलिसी विक्रीमा रोक लगाउनु उचित नभएको ठहर गर्दै बैंकर्स संघले उक्त निर्णय पुनरवलोकनका लागि साउन २२ गते एक विज्ञप्तिमार्फत राष्ट्र बैंकलाई अनुरोध गरेको थियो । तर अभिकर्ता संघले बैंकर्स संघको मागबमोजिम बैंकासुरेन्स फुकुवा गर्न नहुने भन्दै ज्ञापनपत्र बुझाएको हो । 

बैंकहरूले आफ्ना ग्राहकलाई जबरजस्ती बीमा गर्न दबाब दिने, बीमा नगर्दा ऋण स्वीकृति नदिने जस्ता गतिविधि गरेको अभिकर्ताहरूको भनाइ छ । साथै बैंकहरूले बचतकर्तालाई पनि निःशुल्क बीमा गरिदिन्छौं भनेर गलत विज्ञापन पनि गर्ने गरेको अभिकर्ता संघले बताएको छ ।

बैंकासुरेन्सले यस्तो विकृति ल्याएको अवस्थामा बैंकहरूलाई बीमा पोलिसी विक्री गर्न रोक लगाउने राष्ट्र बैंकको निर्णय स्वागतयोग्य भएको अभिकर्ता संघले बताएको छ । बैंक र बीमा कम्पनी भिन्न क्षेत्र भएकाले बैंकलाई बीमासम्बन्धी काम गर्न दिन नहुने अभिकर्ताहरूको माग छ । यसका अलावा बैंकका कर्मचारीहरूलाई समेत निश्चत समयमा निश्चित बीमालेख विक्री गर्ने लक्ष्य दिँदा बैंकिङ क्षेत्रको सुशासन बिग्रिने अभिकर्ता संघको ठहर छ । यस अवस्थामा बैंकका कर्मचारीले जागीर नै छोड्नुपर्ने बाध्यता आएको संघको भनाइ छ ।

अभिकर्ता संघका अध्यक्ष नन्दप्रसाद तिवारीले यस अवस्थामा बैंकलाई बीमा पोलिसी विक्री गर्न फुकुवा गर्नु सान्दर्भिक नहुने बताए । ‘बैंकासुरेन्सले अभिकर्ताको रोजीरोटी नै जोखीममा हुने सम्भावना छ । तसर्थ, अभिकर्ताको पेशा खोस्ने काम बैंकबाट हुनु हुँदैन,’ उनले भने, ‘अन्तरराष्ट्रिय रूपमै असफल भएको बैंकासुरेन्स  संस्थागत अभिकर्ता नेपालमा भित्र्याउन आवश्यक छैन ।’

बैंकहरूले बीमा कम्पनीबाट पाउने निक्षेपको लोभमा जस्ता पोलिसीहरू पनि विक्री गर्ने भएकाले ग्राहकहरू महँगो र कम बोनस दर भएको पोलिसी किन्न बाध्य भएका छन् । बीमित तथा ग्राहकका हितका लागि पनि बैंकलाई बीमा पोलिसी विक्री गर्न नदिनुपर्ने अभिकर्ताहरूको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)