ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्थानीय तहमा  केन्द्र राख्ने विषय पेचिलो बन्दै

Aug 18, 2019  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

भदौ १, पर्वत । यस  जिल्लाका स्थानीय तहमा स्थायी केन्द्रको विषय पेचिलो बन्दै गएको छ ।

अहिलेसम्म बिबादमा रहेका मोदी गाउँपालिका र जलजला गाउँपालिकाको मात्र केन्द्र परिवर्तन भएको छ । बिहादी गाउँपालिका, फलेवास नगरपालिका, पैयुँ गाउँपालिका र महाशिला गाउँपालिकाको केन्द्रका विषयमा रहेको बिबाद भने कायमै छ । कुश्मा नगरपालिकाको केन्द्र कुश्मा बजारमा रहने निश्चित झैं छ । 

केन्द्र पायक पर्ने ठाउँमा नभएको भन्दै बिहादी गाउँपालिकामा सबैभन्दा ठूलो बिबाद छ । गाउँपालिकाको स्थायी केन्द्र प्रदेश सरकारले वडा नम्बर ३ ईमिचौरमा बनाउन भन्दै बजेट बिनियोजन गरेपछि बिबाद झनै उत्कर्षमा पुगेको छ । केन्द्रको विषयमा जनप्रतिनिधिहरु पनि दुई कित्तामा विभाजित भएका छन् । 

अहिले वडा नं ४ वहाकीठाँटीमा केन्द्र रहेको छ । एकथरि ईमिचौरमा केन्द्र बनाउनुपर्ने अडानमा छन् भने अर्कोथरि अहिलेकै स्थानमा केन्द्र कायम हुनुपर्ने अडानमा छन् । तर वडा नं ३ का अध्यक्ष रनबहादुर आलेले केन्द्र जुनसुकै हालतमा पनि सार्नुपर्ने अडानमा वहुमत सदस्य रहेको बताए । 

उनले भने, ‘अहिले रहेको केन्द्र अपायक रहेकाले पायक पर्ने स्थानमा सानुपर्छ ।’ तर अध्यक्ष र उपाध्यक्ष  भने केन्द्र नसार्ने अडानमा छन् । प्रदेश सरकारले रातो कितावमा केन्द्र ईमिचौरमा बनाउन बजेट पठाएपछि पनि अध्यक्षले केन्द्रको बारेमा छलफल चलाउन नचाहेको आरोप लगाउँदै १६ जना जन प्रतिनिनिधहरु गाउँपालिकाको कुनै पनि बैठकमा सहभागी नहुने अडानमा छन् । 

अध्यक्ष कमलप्रसाद भुसाल  चाहीं संघीय सरकारले तोकेको वहाकीठाँटीमै केन्द्र रहने अडानमा छन् । उनले प्रदेश सरकारलाई  केन्द्र सार्ने अधिकार नै नभएको भन्दै अहिलेको केन्द्र सार्न आवश्यक नरहेको बताए ।  उनले कार्यालयको भवन निर्माणका लागि वहाकीठाँटीमा जग्गासमेत खरीद भइसकेको पनि बताए  ।

दुई तिहाई मतले केन्द्र सार्न सक्ने व्यवस्था भएपनि औचित्य र आवश्यकता स्पष्ट नभएकाले उक्त प्रक्रियामा जानुपर्ने बाध्यता नरहेको उनको भनाइ छ । ‘केन्द्र सार्नुपर्ने आवश्यकता हामीले देखेका छैनौं,’ उनले भने, ‘आवश्यकता र औचित्य पुष्टि हुन आएमा प्रक्रिया शुरु गर्न कुनै समस्या छैन, प्रदेशले  गलत प्रिन्ट गरेर केन्द्र ईमिचौर लेखेर बजेट पठाएछ, हामी त्यो सच्याउछौं ।’

फलेवासको केन्द्र खानीगाउँमा छ । खानीगाउँमा रहेको केन्द्र कता सार्ने भन्ने विषयमा सामान्य छलफल भए पनि स्थायी रुपमा कहाँ रहने भन्ने बारेमा सघन रुपमा छलफल नभएको नगरप्रमुख पदमपाणी शर्माले बताए । ‘केन्द्र खानीगाउँमै रहने कुरामा मोटामोटी सवैको  बुझाई एउटै छ,’ उनले भने,‘ स्थायी रुपमा रहन  भने तत्काल जग्गा नभएकाले छलफल चलाउन सकेका छैनौं ।’

पैयुँ गाउँपालिकाको केन्द्र कहाँ रहने भन्ने बिबादका कारण गत आर्थिक वर्ष जग्गा खरीद र भवन बनाउन बिनियोजन भएको रू.१ करोड बजेट फ्रिज भयो । प्रमुख प्रसासकीय अधिकृत जीतबहादुर रानाले भने,‘ गत आवमा  बजेट फ्रिज भयो,चालु वर्षमा पनि बजेट बिनियोजन गरेका छौं ।’ उनले जग्गाको टुंगो नहुँदा भवन बनाउन र केन्द्रको निक्र्याैल नभएको बताए ।  

जलजला गाउँपालिकाले साविकको माझफाँटबाट वडानम्बर ४ लामाखेतमा केन्द्र सारेको छ । तर, गाउँपालिकाको भवन छैन् । लामाखेतमा सार्वजनिक जग्गा नहुँदा स्थायी केन्द्र कहाँ रहने अनिश्चित छ । ‘ सार्वजनिक जग्गा खोजि गरिरहेका छौं,’ अध्यक्ष यामबहादुर मल्लले भने, ‘अहिलेसम्म उपयुक्त जग्गा पाइएको छैन, केन्द्र टाढा लैजान पनि सकिन्न । उपयुक्त विकल्पको खोजीमै छौं ।’ 
मोदी गाउँपालिकाले कँडेनमा रहेको केन्द्र पातीचौरमा स्थानान्तरण गरेर भवन बनाउन शुरु गरेको छ । मोदीको केन्द्र र भवन पातीचौरमै रहने भएको छ । महाशिला गाउँपालिकाको केन्द्रसमेत अपायक स्थानमा छ । 
साविकको वालाकोट गाविसको भवनमा प्रशासनिक कार्यालय चलिरहेको छ । दुरी र भूगोलको हिसावले गाउँपालिकाको केन्द्र अपायक रहेको अनौपचारिक रुपमा गुनासो गर्ने जनप्रतिनिधिहरु केन्द्र लुँखुदेउरालीमा सार्नुपर्ने मत जाहेर गर्छन् । तर, गाउँसभामा केन्द्रको विषयमा अहिलेसम्म छलफल नभएको गाउँपालिकाका प्रवक्ता जीवन उचै ठकुरीले बताए ।

‘केन्द्र अपायक ठाउँमा रहेको कुरा नौलो भएन,’ उनले भने, ‘छलफल भएमा अहिलेको केन्द्र रहेको स्थान परिवर्तन हुन्छ । जिल्लामा सात ओटा स्थानीय तह छन् । अधिकाँश भाडामा घरमा सञ्चालन भइरहेका छन् । फलेवास नगरपालिका र महाशिला गाउँपालिका बाहेक अरु सबै स्थानीय तहको आफ्नै भवन छैन ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)