ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालले पायो आईकाओको ‘फुल मेम्बर’ प्रमाणपत्र

Aug 19, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

भदौ २, काठमाडौ । नेपालले अन्तरराष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको ‘फूल मेम्बर’ प्रमाणपत्र प्राप्त गरेको छ । अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को हवाई महानिर्देशककोे ५६औं सम्मेलनका अवसरमा काठमाडौमा आईकाओका अध्यक्ष डा. अलुमुयिया बर्नाड अल्यूले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पाखरेललाई उक्त प्रमाण हस्तान्तरण गरेका हुन् । यो प्रमाणपत्र पाएपछि अब नेपालले आईकाओ मापदण्डका विभिन्न प्रकारका अन्तरराष्ट्रिय तालिम प्रदान गर्न सक्ने प्राधिकरणले जानकारी दिएको छ । नेपालले १० वर्ष अघि आईकाओको एशोसिएट प्रमाणपत्र पाएको थियो ।

यो प्रमाणपत्रले नेपाल उड्डयन क्षेत्रमा अन्तरराष्ट्रिय स्तरका तालिम दिन योग्य रहेको प्राधित्रकरणका उपमहानिर्देशक देवेन्द्र केसीले जानकारी दिए । हामीले अहिले आईकाओकै मापदण्डमा रहेर राष्ट्रिय स्तरमा तालिम दिइरहेका छौं । ‘अब यो प्रमाणपत्रपछि हाम्रो एकेडेमी अन्तरराष्ट्रिय मान्यता प्राप्त एकेडेमी भएको छ,’ उनले भने, ‘अब विदेशबाट पनि उडड्यन क्षेत्रका मानिसहरु यहाँ तालिम लिन आउन सक्छन् ।’

यसबाट एकातर्फ नेपालबाट तालिमको लागि विदेशिने रकम बाहिरनबाट रोक्छ भने अर्को तर्फ विदेशी मुद्रा आर्जनको समेत अवसर प्राप्त हुने केसीले बताए ।

 

 

 

 

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)