ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रू. २८ करोडमा खानेपानी आयोजना बनाइँदै

Aug 25, 2019  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मदन गिरी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका तीन वडामा सञ्चालन गर्ने गरी खानेपानी आयोजना निर्माण हुने भएको छ । आयोजनाको लागत रू. २८ करोडभन्दा बढी हुने नगरपालिकाले जानकारी दिएको छ । भीमदत्त–८ तिलाचौरमा निर्माण हुने सिद्धनाथ बैजनाथ खानेपानी तथा सरसफाइ आयोजनाका लागि नगर विकास कोष, भीमदत्त नगरपालिका, शहरी विकास खानेपानी आयोजना, सिद्धनाथ बैजनाथ खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था र निर्माण कम्पनीबीच सोमवार काठमाडौंमा सम्झौता भएको हो । 

नगर विकास कोषका कार्यकारी निर्देशक मनिराम सिंह महत, भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्ट, समितिका अध्यक्ष करवीर सिंह ऐर र निर्माण कम्पनी उच्चाकोटीका प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नगर प्रमुख विष्टले वडा नं. ८, ६ र १० का १० हजारभन्दा बढी वडावासी आयोजनाबाट लाभान्वित हुने नगर प्रमुख सुरेन्द्र विष्टले बताए । अन्य वडामा पनि खानेपानी आयोजना सञ्चालनका लागि सहकार्य गरिने उनको भनाइ छ । 

सिद्धनाथका अध्यक्ष ऐरले खानेपानी आयोजना १८ महीनामा सम्पन्न हुने गरी सम्झौता गरिएको बताए । आयोजनाका काम दुई साताभित्र शुरू गरिने उनले जानकारी दिए । नगर विकास कोषबाट ७ करोड १२ लाख ऋण र १९ करोड ९५ लाख रुपैयाँ सरकारको अनुदान रहेको उक्त आयोजनाका लागि उपभोक्ता समितिले १ करोड ४२ लाख रकम संकलन गर्नुपर्ने छ । खानेपानी आयोजनाअन्तर्गत तीनओटा इन्टेक, ४५० घनमिटर क्षमताको ओभरहेड ट्यांकी, खानेपानी प्रशोधन केन्द्र, प्रेसर फिल्टर, १ हजार ९८ मिटर लम्बाइको प्रसारण लाइन र निजी धारा वितरण लाइन निर्माण गरिने वित्तीय सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)