ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीका ४१% घरपरिवार केन्द्रीय प्रसारण लाइनको पहुँच बाहिर 

Aug 27, 2019  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीका ४१ दशमलव २९ प्रतिशत घरपरिवारमा अझै केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगेको छैन । २०५८ को जनगणना अनुसार जिल्लामा २७ हजार ७६२ घरधुरी छन् । त्यसमध्ये अहिलेसम्म १६ हजार ३ सय (५८ दशमलव ७१ प्रतिशत) मा मात्र केन्द्रीय प्रसारण लाइन पुगेको नेपाल विद्युत्् प्राधिकरण, म्याग्दी वितरण शाखाले बताएको छ ।

जिल्लाका कतिपय ठाउँमा साना जलविद्युत् आयोजनाको विद्युत् पुगे पनि धेरैजसो ठाउँमा टुकी र सौर्य ऊर्जाको भरमा दिनचर्या गर्नुपर्ने बाध्यता छ । रघुगंगाका कुइनेमंगले, चिमखोला, दग्नाम, धवलागिरिका मुदी, बगरा, चेचुङ, खिबाङ र मालिका गाउँपालिकाका गाउँमा अझै विद्युुत् नपुगेको र त्यसको विवरण केन्द्रमा पठाइएको म्याग्दी वितरण केन्द्रका प्राविधिक हेमराज शर्माले जानकारी दिए ।

आर्थिक वर्ष २०७५/७६ मा जिल्लाका ७०० सयभन्दा बढी घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा पुगेको छ । नेपाल विद्युत् प्राधिकरण, बेनी वितरण केन्द्रका प्रमुख नेत्रमणि न्यौपानेले थप १ हजार घरमा विद्युत् विस्तारको तयारी भएको बताए । धवलागिरि गाउँपालिकाका मुना, मालिका गाउँपालिकाको बाइन्दफाँट, दिच्याम, मंगलाको सातबिसे र नेटामा गत आर्थिक वर्षमा विद्युत् विस्तार भएको केन्द्रले जानकारी दिएको छ ।

ताकम र मुनाका १ हजार घरधुरीमा नयाँ मिटरबक्स जडानको माग आएको केन्द्रले बताएको छ । केन्द्रका प्राविधिक हेमराज शर्माले देवीस्थान, रूम, ओखरबोट, ताकम, मराङमा पनि विद्युतीकरणका कारण मुख्य र शाखा लाइन विस्तारको काम भइरहेको जानकारी दिए । म्याग्दीमा २४ हजार घरपरिवारको बसोवास छ । पर्वतको जलजला गाउँपालिकाको मल्लाज क्षेत्रका सहित बेनी वितरण केन्द्र अन्तर्गत १६ हजार ३ सय उपभोक्ता छन् ।

दुर्गम गाउँबस्तीमा विद्युत् विस्तार भएपछि स्थानीयको दिनचर्या सहज भएको छ । म्याग्दीमा यस वर्ष केन्द्रीय प्रसारण लाइनको विद्युत् पुर्‍याउन सिँचाइ, ऊर्जा तथा जलस्रोत मन्त्रालयले दुई शीर्षकमा रू. १२ करोड ८० लाख बजेट विनियोजन गरेको थियो । जिल्लाका ४५ मध्ये ११ ओटा वडामा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगेको छैन । 

जिल्लामा ‘पिक आवर’को समयमा ४ मेगावाट विद्युत् खपत हुने गर्छ । केन्द्रले गत आर्थिक वर्षमा रू. ७ करोड ३७ लाख ४१ हजार विद्युत् महशुल संकलन गरेको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)