ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नागरिक एकांकमा लगानीको सिमा हट्यो, ब्याजदर बढेर ८ प्रतिशत

Aug 27, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

भदौ १०, काठमाडौ । नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको नागरिक एकांक योजनामा अब लगानीकर्ताले न्यूनतम रू. १ हजारदेखि अधिकतममा जति पनि लगानी गर्न पाउने भएका छन् । लगानीको अधिकतम सीमा हटेपछि शेयरधनीले अब जति पनि बचतपत्र खरीद गर्न पाउने भएका हुन् । साथै यस्तो लगानीमा ५ दशमलव ५ प्रतिशतको ब्याज दिंदै आएको कोषले बढाएर ८ प्रतिशत ब्याज दिने भएको छ । कोषले उक्त व्यवस्था मंगलवार (साउन १०) देखि लागू गरेको हो । यसअघि एक व्यक्तिले न्यूनतम रू. १ हजारदेखि रू. २० लाखसम्म मात्र नागरिक एकांक खरीद गर्न पाउने व्यवस्था थियो ।

कोषले बजारको अध्ययन गरेर एकांक खरीद गर्ने सीमा खुला गरेको र ब्याजदर बढाएको बताएको छ । लगानीलाई विविधिकरण गर्न चाहने र उच्च प्रतिफल चाहने लगानीकर्ताहरुका लागि यस निर्णयले आकर्षित गर्न सक्ने कोषको विश्वास छ । कोषका सूचना अधिकारी उद्धव सिलवालले लगानीकर्तालाई आकर्षित गर्न बजारमा प्रचलित ब्याजदरभन्दा बढी दिइएको बताए । ‘नागरिक एकांक योजनालाई अझ ब्यापक सहभागितामूलक बनाउन संस्थागत रुपमा सहभागी हुने एकांक धनीहरुलाई प्रदान गरिदै आएको वार्षिक ब्याजदरलाई बढाएर ८ प्रतिशत पु¥याएको हो,’ उनले भने, ‘कोषले सञ्चालन गरेका कार्यक्रमहरुमध्ये सुनिश्चत प्रतिफल र सुरक्षित लगानीको रुपमा लगानीकर्ताहरुले नागरिक एकांक योजनालाई छनोट गर्ने गरेको अहिलेसम्मको अनुभव छ ।’

गत असार मसान्तसम्ममा नागरिक एकांकबापत कोषमा रू. ९४ करोड ८२ लाख जम्मा भएको कोषका सूचना अधिकारी सिलवालले जानकारी दिए । आर्थिक वर्ष (आव) २०७४÷७५ सम्ममा भने उक्त एकांकबापत कोषमा रू. १ अर्ब ९ करोड ८९ लाख थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष उक्त एकांकको कोषमा यस्तो बचतपत्र खरीद रू. १५ करोड ७ लाखले घटेको छ । ‘गतवर्ष बैंकहरूलाई लगानीयोग्य पूँजी अभाव भएपछि निक्षेप आकर्षण गर्न ब्याजदर बढाए, यसले गर्दा कोषको नागरिक एकांक खरीद घटेको हो,’ सूचना अधिकारी सिलवालले भने ।

हाल कोषले ११ ओटा योजना सञ्चालन गरिरहेको छ । यसअन्तर्गत कर्मचारी बचतवृद्धि, उपदान कोष योजना, नागरिक एकांक योजना, लगाीकर्ता हिसाब योजना लगायतका विभिन्न बीमा कोषहरूसमेत गरी कुल ११ ओटा योजनाहरू कोषले व्यवस्थापन गर्दै आइरहेको छ । २०७६ असार मसान्तसम्ममा कोषले कुल रू. १ खर्ब ३० अर्बभन्दा बढी बचत परिचालन गरेको छ । दूरदृष्टि भएको सञ्चालक समिति, व्यावसायिक व्यवस्थापक र अनुभवी एवम् लगनशिल जनशक्तिको उचित संयोजन भएको कारणले कोष व्यवस्थापनमा अग्रस्थानमा रहँदै आएको दाबी गरिएको छ ।

के हो नागरिक एकांक योजना ?
नागरिक लगानी कोषले सञ्चालन गरेका ११ ओटा योजनामध्ये यो एक हो । यो एउटा बचतपत्र जस्तै हो । यस्तै, यो एक किसिमको सामूहिक लगानी कोष – म्युचुअल फण्ड) जस्तै हो । तर यसमा इकाई हुँदैन । इकाई नभए पनि शेयरधनीले न्यूनतम रू. १ हजारदेखि अधिकतम यथाशक्य लगानी गर्न सक्ने व्यवस्था गरिएको छ । यो एकांक खरीदपछि शेयरधनीलाई प्रमाणपत्र दिइन्छ । कोषमा एकांक दाखीला भएपछि शेयरधनीले जुनसुकै बेला विक्री गर्न पाउने छन् । यसमा मुद्दती निक्षेपको जस्तो अवधिको सीमा हुँदैन । यो खुलामुखी भएकाले शेयरधनीले जुनसुकै बेला पनि खरीदविक्री गर्न सक्ने छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)