ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैंकर्स संघद्वारा तुरुन्तै ब्रोकरेज लाइसेन्स दिन नेप्सेलाई अनुरोध 

औसत ब्याजदर अन्तर गणना विधि संशोधन गर्न फेरी सुझाव

Aug 28, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

भदौ ११, काठमाडौं । नेपाल स्टक एक्सचेन्जले प्रक्रिया पुर्‍याएर निवेदन दिएका बैंकहरुलाई लाइसेन्स दिन रोक लगाएपछि नेपाल बैंकर्स संघले यसो नगर्न अनुरोध गर्ने भएको छ । संघको बुधवार  बसेको समितिको बैंठकले यस्तो अनुरोध गर्ने निर्णय गरेको हो । 

सबै प्रक्रिया पूरा गरेका बैंकले आन्तरिक तयारी सकाए पनि लाईसेन्स दिन रोकेको संघले बताएको छ । यसअघि संसदको साउन २९ गते बसेको अर्थ समितिको बैठकको निर्णयअनुसार समग्र पूँजी बजारको बारेमा अध्ययन गरी २ महीनाभित्र प्रतिवेदन तयार पार्न रामकुमारी झाँक्रीको संयोजकत्वमा उप समिति गठन गरेपछि नेप्सेले ब्रोकर लाईसेन्समा रोक लगाएको हो । 
  
यसैगरी नेपाल बैंकर्स संघले विगत केहि समयदेखि बैंकिङ क्षेत्रको बारेमा केहि मिडियाहरुले नकरात्मक, बैंकका कर्मचारीहरुको मान–मर्यादामा ठेस पुग्ने गरी कपोकल्पित समाचार प्रकाशन गरेको प्रति आपत्ति जनाएको छ । यस्ता बैंकिङ क्षेत्रको भ्रामक समाचारका विषयमा संघले प्रेस काउन्सिल नेपालसँग समन्वय गर्ने निर्णय गरेको छ ।

यसैगरी संघले औसत ब्याजदर अन्तर गणना गर्ने विधि लगायतकाबारे संशोधन गर्न फेरी नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने भएको छ । यसअघि भने उक्त व्यवस्थाले गर्दा बैंकिङ क्षेत्र तथा समस्त अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने भन्दै संघले राष्ट्र बैंकलाई लिखित रुपमा जानकारी गराएको थियो ।

यसपछि केन्द्रिय बैंकका उच्च पदाधिकारीहरुका साथ यस विषयमा छलफलपछि समझदारी भएको संघको भनाइ छ । समझदारीपछिको तोकिएका प्रावधानहरुमा संसोधन गर्न फेरी  अनुरोध गर्ने निर्णय गरेको संघले जानकारी दिएको छ ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)