ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उद्योग दर्ता बढे पनि सञ्चालन न्यून

Sep 1, 2019  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट

धनगढी । कैलालीमा हरेक वर्ष उद्योग दर्ताक्रम बढ्दो छ । जिल्लाका विभिन्न स्थानहरूमा पुरुष तथा महिलाको नाममा घरेलु तथा साना उद्योग कार्यालय धनगढीमा दर्ता हुने गरेको भए पनि कुल दर्ता उद्योगको ६० प्रतिशत मात्रै सञ्चालनमा आउने गरेको वा नियमित रूपमा नवीकरण हुने गरेको तथ्यांक कार्यालयको छ । 

गत आर्थिक वर्ष (आव) २०७५/७६ मा मात्रै जिल्लामा १ हजार २३४ उद्योग दर्ता भए । तर, दर्ता भएका सबै उद्योग सञ्चालनमा आएनन् । सो अवधिमा मात्र ८६ उद्योग सञ्चालनमा नआउँदै खारेज भएको कार्यालयका नायब सुब्बा हंशराज भट्टले बताए । जिल्लामा साना उद्योगहरू दर्ताक्रम बढे पनि दर्ता खारेजक्रम पनि बढ्दो छ । 

आव २०७४/७५ मा कुल ८९३ उद्योग दर्ता भएकामा ५८ उद्योग खारेजीमा परेका हुन् । कतिपय व्यक्तिले कृषिको अनुदानका लागि उद्योग दर्ता गराउने र अनुदान नपाएपछि नवीकरण नगर्ने प्रवृत्तिले पनि उद्योग सञ्चालनमा नआउनुको कारण देखिएको अधिकारीहरू बताउँछन् ।

चालू आवको भदौ पहिलो सातासम्म जिल्लामा २१३ साना उद्योग दर्ता भएका छन् । गत आवमा सेवामूलक ४६५ र कृषिमूलक ५५० उद्योग दर्ता भएको कार्यालयका नासु भट्टले बताए । कार्यालयका प्रमुख नवराज भट्टले दर्ता भएका उद्योगहरूको अनुगमनका लागि जनशक्ति अभाव रहेकोले अपेक्षाकृत रूपमा अनुगमन गर्न नसकिएको बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)