ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धान बालीमा गबारो कीराको प्रकोप  

Sep 2, 2019  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मदन गिरी


महेन्द्रनगर । कञ्चनपुरको विभिन्न स्थानमा लगाइएको धान बालीमा गबारो कीराको प्रकोप बढेको छ । कञ्चनपुरको बेलौरी, कृष्णपुर नगरपालिका र बेलडाँडी गाउँपालिकामा उक्त कीराको आक्रमण देखिएको बाली संरक्षण प्रयोगशाला सुन्दरपुरले जानकारी दिएको छ । धान नष्ट हुन थालेपछि प्रयोगशालाले परीक्षण गर्दा उक्त कीराको आक्रमण फेला परेको हो ।

प्रयोगशालाका प्राविधिक सहायक अम्बादत्त विष्टले चालू सिजनमा गबारो कीराको प्रकोप अत्यधिक मात्रामा देखिएको बताए । उनका अनुसार गबारो कीराको प्रकोप जिल्लाको दक्षिणी क्षेत्रमा बढी देखिएको छ । उनले सिँचाइको कमीका कारण गबारो कीराको प्रकोप बढेको बताए । गबारोका कारण धान पहेँलो हुँदै कुहिन थालेको छ । त्यस्तै, धानमा खैरो थोप्ले र मरुवा रोग पनि देखिएको छ । प्रयोगशालाले त्यस्ता रोग नियन्त्रणका लागि निःशुल्क बाली परीक्षण शिविर समेत सञ्चालन गरेको छ । 

बैलारी नगरपालिकामा गत हप्ता सञ्चालन गरिएको शिविरमा खैरो थोप्ले र मरुवा रोग प्रकोप देखिएको प्राविधिक सहायक विष्टले बताए । उनका अनुसार मलमा जिङ्कको कमीका कारण खैरो थोप्ले रोगको प्रकोप देखापरेको हो । 

कीराका प्रकोप नियन्त्रणका लागि किसानले बाली लगाउँदा बेलामा नै खेतलाई कीरारहित बनाउनु पर्ने उनले बताए । एकीकृत रोग व्यवस्थापन प्रणाली अन्तर्गत प्रकोप नियन्त्रण गर्न सकिने उनको भनाइ छ । एकीकृत रोग व्यवस्थापन अन्तर्गत खेत जोत्दाखेरि नै औषधि प्रयोग गरी कीरा नष्ट गरिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)