ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुस्ताङ गेटको कालीगण्डकी मोटरेबल पुल बन्यो, अब उपल्लो मुस्ताङमा बाह्रै महीना गाडी गुड्ने

Sep 2, 2019  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

भदौ १६, म्याग्दी । हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङको लोमान्थाङसम्म अब बाह्रै महीना सवारीसाधन सञ्चालन हुने भएको छ । उपल्लो मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङस्थित मुस्ताङ गेटको कालीगण्डकी मोटरेबल पुल निर्माण सम्पन्न भई सोमवारदेखि सञ्चालनमा आएपछि काठमाडौं, पोखरा, बेनी लगायतका ठाउँबाट आएका सवारीसाधन सिधै लोमान्थाङ पुग्न सक्ने भएका हुन् ।

निर्माणाधीन पुललाई गत साउनमा कालीगण्डकीमा आएको बाढीले क्षति पुर्‍याएपछि निर्माण अवरुद्ध बनेको थियो । पुलको संरचना निर्माण भएपछि ३ ओटा डोजर परिचालन गरी १२ दिनमा पुलको दुईतर्फी ट्रयाक खोलिएको करिडोर सडक आयोजना प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए । उपल्लो मुस्ताङ जोड्ने कालीगण्डकी पुल सञ्चालनमा आएपछि कोरला नाका र उपल्लो मुस्ताङ जाने सवारी साधनलाई सहज भएको यातायात व्यावसायीहरुले बताएका छन् । पक्की पुल बनेकाले अब बाह्रै महीना निर्वाध सवारीसाधन उपल्लो मुस्ताङ जानसक्ने मुस्ताङ  उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले बताए । उनका अनुसार मुस्ताङ गेटको पुल र लुप्रापान्डा खोला पुल सञ्चालनमा आए पनि कागबेनीमा निर्माणधीन २५ मीटर लामो पुल निर्माणमा भने ढिलाई भएको छ ।

मुस्ताङ गेटमा सञ्चालनमा आएको पक्की पुलको काम लोकल रोड ब्रिज प्रोग्राम एलआरबीपीले २०७१ सालमा शुरु गरेको हो । रू. ४ करोड ७३ लाख लागत रहेको उक्त पुलको लम्बाइ ७६ मीटर छ । सोमवार कालीगण्डकी कोरिडोर, स्थानीय जनप्रतिनिधि र मुस्ताङ प्रशासनका पदाधिकारीहरुको उपस्थितिमा पुलको उद्घाटन गरिएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)