ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैंकको साइबर सुरक्षा सम्बन्धी निर्देशिका जारी गर्दै राष्ट्र बैंक

थप एक चिनियाँ ह्याकर सहित तीन नेपाली पक्राउ

Sep 3, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । चिनियाँ ह्याकरको एक समूहले शनिवार नेपालका केही बैंकको डेटा ह्याक गरी विभिन्न एटीएममार्फत करोडौ रुपैयाँ झिकेको घटनापछि बैंकको साइबर सुरक्षा नियमन तर्फ नेपाल राष्ट्र बैंक सक्रिय भएको छ । 

केन्द्रीय बैंकले बैंकहरूको साइवर सुरक्षा सम्बन्धी निर्देशिका जारी गर्ने तयारी पनि शुरू गरेको छ । राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका प्रमुख बमबहादुर मिश्रका अनुसार शनिवारको घटनाको अनुसन्धान टुंगोमा पुग्नासाथ केन्द्रीय बैंकले साइबर सुरक्षा सम्बन्धी निर्देशिका ल्याउनेछ । ‘२०७२ सालको भूकम्पले घर निर्माणको मापदण्ड बनाउन सिकाएजस्तै शनिवारको घटनाले हामीलाई साइबर सुरक्षा सम्बन्धी पाठ सिकाएको छ । यो घटनालाई टुंगोमा पुर्‍याए लगत्तै बैंकको साइवर सुरक्षा सम्बन्धी कडा निर्देशन जारी गर्छाैं,’ उनले भने । शनिवारको घटनाबारे अनुसन्धान गर्न राष्ट्र बैंकद्वारा गठित समितिका संयोजक समेत रहेका मिश्रका अनुसार सो समितिले यस घटनाको प्रारम्भिक अध्ययन प्रतिवेदन मंगलवार बेलुका वा बुधवारसम्म तयार पार्नेगरी काम गरिरहेको छ । 

राष्ट्र बैंकले सोमवार नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) लाई ह्याक मार्फत भएको कारोबारको फरेन्सिक ल्याब टेस्ट गर्न पत्र पठाएको छ । फरेन्सिक ल्याब टेस्ट गर्न १० दिनसम्म लाग्ने र त्यसको रिपोर्ट आएपछि यस घटनाबारे विस्तृत जानकारी हुने राष्ट्र बैंकको भनाइ छ । ‘नेपालमा यो सुविधा छैन, त्यसैले सिंगापुर र मुम्बईका विज्ञबाट यस्तो टेस्ट गराउने तयारी रहेको छ,’ मिश्रले बताए ।

सुरक्षा निम्ति तात्कालिक रणनीति
शनिवार ह्याकरले करोडौं रकम झिकेपछि बैंकहरूले सुरक्षाका निम्ति तात्कालिक रणनीति अपनाएका छन् । दशैं नजीक आएकोले ग्राहकलाई अप्ठ्यारो नहुने गरी आन्तरिक रूपमा सुरक्षाका गतिविधि सुदृढ गरिएको राष्ट्र बैंंकको भनाइ छ । 

विशेषगरी नेप्सको नेटवर्कमा रहेका एटीएम कार्डलाई अन्य नेटवर्कको एटीएम बुथमा प्रयोग गर्न नमिल्ने बनाइएको छ । अहिले नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र नेप्सको नेटवर्कमा नेपालका बैंकहरूका एटीएम कार्ड जारी भएका छन् । साथै, एटीएमबाट बढी रकम झिकेको अवस्थामा सतर्कता अपनाइएको छ । समय समयमा एटीएमबाट भएका कारोबारहरूको पनि नियमन गर्ने गरेको कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारीले बताए । 

तीन नेपाली सहित थप एक चिनियाँ पक्राउ 

शनिवार नेपालका एटीएमको नेटवर्क ह्याक गरी करोडौं रकम झिकेका चिनियाँ ह्याकरले ठमेलस्थित डेस्को मनी एक्सचेन्जमा झन्डै ३० लाख रुपैयाँ सटही गरेको पत्ता लागेको छ । 

प्रहरीले गैरकानूनी रूपमा पैसा सटही गर्ने सो मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने, नेपाल मनी एक्सचेन्जका सञ्चालक रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडीलाई सोमवार पक्राउ गरेको छ । उनीहरूले २९ लाख ९९ हजार नेपाली रुपैयाँ साटी २५ हजार ८६२ अमेरिकी डलर चिनियाँ ह्याकरलाई दिएको प्रहरीले बताएको छ ।

फरार रहेका तीन ह्याकरमध्ये एक सु लुकलिलाई आइतवार राति पक्राउ गर्न प्रहरी सफल भएको छ । प्रहरीले आइतवार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उसलाई छ हजार अमेरिकी डलर सहित पक्राउ गरेको थियो । 

महानगरीय प्रहरी परिसर टेकुले उनीहरू चारै जनालाई बैंकिङ कसुर सजाय ऐन अन्तर्गत मुद्दा अगाडि बढाएको छ । सोमवार पाटनस्थित उच्च अदालतले थप अनुसन्धानका लागि छ दिनको म्याद दिइसकेको छ । प्रहरीका अनुसार ह्याकर समूहमा आठ सदस्य छन्, जसअनुसार अभैm दुई ≈याकर फरार रहेको देखिन्छ । 

चिनियाँ ह्याकरहरूले शनिवार भिषा कार्डको नक्कली एटीएम कार्ड प्रयोग गरेर नेपालका केही एटीएम बुथबाट रू. १ करोड ७६ लाख रकम झिकेका थिए । शनिवार नै भारतमा पनि नेपालमै प्रयोग गरिएको तरीकाबाट रू. १ करोड ६८ लाख रकम झिकेको तथ्यांक भिषा कार्डले राष्ट्र बैंकलाई पठाएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)