ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा, सोमवार प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने

Sep 8, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

भदौ २२, काठमाडौं । चीनका विदेशमन्त्री वाङ यी तीनदिने औपचारिक भ्रमणका क्रममा आइतवार काठमाडौं आइपुगेका छन् । विदेशमन्त्री वाङ यीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शंकरदाश बैरागी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायतले स्वागत गरेका हुन् ।

चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारीका लागि विदेशमन्त्री नेपाल भ्रमणमा आएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । चीनका राष्ट्रपति करीब १ महीनापछि नेपाल आउने कार्यक्रम छ । यद्यपि मन्त्रालयले चिनियाँ राष्ट्रपति सीको भ्रमणको औपचारिक मिति भने तय भइनसकेको बताएको छ । ४ वर्षपछि चिनियाँ विदेशमन्त्रीबाट नेपाल भ्रमण भएको बताइएको छ । राष्ट्रपति सी नेपाल भ्रमणमा आउँदा कुन कुन विषयमा छलफल गर्ने र सहमति गर्ने विषयको टुंगो लगाउनका लागि उनी नेपाल आएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । स्रोतका अनुसार विदेशमन्त्री यीले राष्ट्रपति सीको नेपाल भ्रमणका एजेन्डाहरुको विषयमा छलफल गर्नुका साथै त्यसलाई अन्तिम रुप दिएर फर्किने छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमवार समकक्षीसहितको प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता गर्ने मन्त्रालयले जानकारी दिएको छ । प्रतिनिधिमण्डलस्तरीय वार्ता आर्थिक र विकास साझेदारीमा केन्द्रित हुनाका साथै त्यसमा नेपाल–चीन सम्बन्धका विविध पक्षमा गहन समीक्षा हुने बताइएको छ । पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श हुने वार्तामा दुई देशबीच भएका सन्धिसम्झौता तथा नेपालमा सञ्चालित विकास–निर्माणका परियोजनाको पुनरावलोकन तथा तिनको द्रुत कार्यान्वयनमा जोड दिइने बताइएको छ । अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार वार्तापछि शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्नेसम्बन्धी विनिमयपत्र ‘लेटर अफ एक्सचेञ्ज’ मा हस्ताक्षर हुनेछ ।

पाकिस्तान हुँदै नेपाल आइपुगेका विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)