ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सञ्चालनमा आएन म्याग्दीको तामाखानी

Sep 10, 2019  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको भीरखानीमा रहेको तामाखानी पुनः सञ्चालन हुन सकेको छैन । २०१८ सालदेखि २०४२ सालसम्म नियमित सञ्चालनमा रहेको र त्यसपछि सरकारको निर्देशनका कारण बन्द रहेको तामाखानी सञ्चालनमा केन्द्र सरकारले चासो नदिँदा लाखौं राजस्व र सयौं रोजगारीको ढोका बन्द भएको छ ।

२०४२ सालसम्म तामाखानीमा दैनिक २ सयभन्दा बढी मजदूरले रोजगारी पाएका थिए । यस्तै यहाँबाट दैनिक २० किलोसम्म तामा उत्खनन हुने गरेको तत्कालीन प्रधानपञ्च एवं हाल मालिका गाउँपालिका–४ का वडाध्यक्ष दिलीपकुमार शेरचनले बताए ।

उक्त तामाखानी २०४२ सालमा सरकारले कर वृद्धि गरेपछि बन्द भएको खानीका ठेकेदार समेत रहेका शेरचनले बताए । ‘तामा निकाल्ने प्रविधि तथा उपकरणको अभावमा खानी सञ्चालनमा कठिनाइ समेत भएको थियो,’ उनले भने ।

शेरचनले खानी सञ्चालन लाइसेन्स नै लिएर उत्खनन गरेको ओखरबोटका ८३ वर्षीय दिलप्रसाद घर्तीमगरले जानकारी दिए । उनका अनुसार तामाखानीमा दुईओटा मुहान छन् । ती मुहानको लम्बाइ २५० देखि ३ सय मिटरसम्म छ, जहाँ अझै पनि तामाका धाउ देखिने उनले बताए ।

स्थानीय तहको निर्वाचनपछि वडाध्यक्ष शेरचनले खानी सञ्चालनका लागि पहल गरेका थिए । गाउँपालिकाको सिफारिश सहित पाँच पटकसम्म काठमाडौंस्थित खानी विभागमा गई सञ्चालनको अनुमति माग्दा नपाइएको उनले बताए । ‘खानी सञ्चालनका लागि धेरै प्रयास गरेँ,’ उनले भने, ‘अनुमति नै नपाएपछि काम अघि बढ्न सकेन ।’

तामाखानीलाई राजनीतिक दलका नेताले स्थानीय तह, प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा आफ्नो चुनावी एजेन्डा समेत बनाएका थिए । तर नेताहरूको प्रतिबद्धता पूरा नहुँदा स्थानीय बासिन्दा निराश छन् ।

ओखरबोट गाउँबाट २० मिनेटको दूरीमा दुईओटा तामाखानी रहेको स्थानीयले बताएका छन् । सरकारी उपेक्षा र आधुनिक प्रविधिको अभावले बन्द भएको तामाखानी पुनः सञ्चालनका लागि सरकारले पहल नगर्नु विडम्बना भएको स्थानीय जगदीश रसाइलीले गुनासो गरे ।

 गाउँपालिकका अध्यक्ष श्रीप्रसाद रोकाले तामाखानी सञ्चालनको प्रयास भए पनि सरकारी निकायबाट असहयोग रहेको बताए । खानी तथा भूगर्भ विभागबाट अनुमति प्रक्रिया व्यवस्थित बनाउन प्रदेश सरकारले खानी सम्बन्धित कानून बनाउनुपर्ने जवाफ दिएको अध्यक्ष रोकाले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)