ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कञ्चनपुर भन्सारबाट १ अर्ब ५ करोड व्यापार घाटा

Sep 10, 2019  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

महेन्द्रनगर । कञ्चनपुर भन्सारबाट हुने आयात–निर्यातमा ठूलो असन्तुलन देखिएको छ । भारतबाट गरिने आयातको तुलनामा नेपालबाट थोरै निकासी हुँदा व्यापार घाटा देखिएको हो । भन्सार कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७५/७६ मा यो नाकाबाट रू. १ अर्ब १५ करोड ६९ लाख बराबरको सामान आयात भएको छ । तर निर्यात भने रू. १० करोड ७० लाख बराबरको मात्र भएको भन्सार कार्यालयका सूचना अधिकारी केशव विष्टले जानकारी दिए । 

सूचना अधिकारी विष्टका अनुसार गड्डाचौकी नाकाबाट तरकारी, फलपूmल, कपडा र कागज बढी मात्रामा भित्रिने गरेको छ भने नेपालबाट घ्यू, रिठा, तेजपत्ता लगायत वस्त निकासी हुने गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा यो भन्सारबाट रू. १ अर्ब २० करोड २४ लाख बराबरको सामान आयात गरिएको थियो । सो आवमा निर्यात भने रू. ३ करोड ४१ लाखबराबरको भएको सूचना अधिकारी विष्टले जानकारी दिए । सुदूरपश्चिममा उत्पादनमूलक उद्योगधन्दा खासै नभएकाले निकासी बढ्न नसकेको उनले बताए । ‘पहाडी क्षेत्रबाट आउने सामान पनि पछिल्लो समय घट्दै गएको छ,’ उनले भने, ‘अत्यावश्यक सबैजसो वस्तुका लागि भारतसँग निर्भर रहनुपर्दा व्यापार असन्तुलन वर्षेनि बढिरहेको छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)