ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एटीएम ह्याकिङ प्रकरण : नेप्सलाई वैकल्पिक सिस्टम राख्न सुझाव

Sep 10, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा

काठमाडौं ।  चिनिया ह्याकरहरूको एक समूहले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) को प्रणाली बाइपास गरी करोडौं रुपैयाँ झिकेको करीब २ सातापछि केन्द्रीय बैंकले नेप्सलाई सिस्टम परिवर्तन गरी वैकल्पिक व्यवस्था गर्न सुझाव दिएको छ । 

भदौ १४ को सो घटनापछि अल्पकालीन सुरक्षा रणनीतिका रूपमा नेप्सको नेटवर्कमा आबद्ध बैंक तथा वित्तीय संस्थाहरूको एटीएम कार्ड अन्य बैंकका एटीएम मेशिनमा नचल्ने बनाइएको थियो । साथै, पोस मेशिनमार्फत हुने भुक्तानीमा पनि असहजता आएको थियो । 

 त वैकल्पिक व्यवस्थाका लागि नेप्स स्वयम् पनि लागिपरेको छ । दशैं नजिकिँदै जाँदा मुलुकमा बैंकिङ कारोबार, एटीएमको प्रयोग तथा पोस मेशिनमार्पmत खरीददारी बढी हुने भएकाले केन्द्रीय बैंक र नेप्स दुवै वैकल्पिक सिस्टम हुनुपर्नेमा सहमत देखिएका छन् । 

ह्याकिङका सन्दर्भमा सिंगापुरको भेरीजोन कम्पनीको फरेन्सिक रिपोर्ट दशैंअगाडि आउने सम्भावना न्यून रहेकाले पनि दशैंका समयमा ग्राहक/उपभोक्तालाई अप्ठ्यारो नहोस् भनेर नयाँ सिस्टम राख्ने तयारी गरिएको बताइएको छ । 

राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले यी सबै तथ्यलाई दृष्टिगत गर्दै नेप्समा नयाँ सिस्टम राख्ने काम भइरहेको बताए ।

‘दशैंभन्दा अगाडि यो घटनाको अनुसन्धान टुंगोमा पुग्ने सम्भावना अन्यन्त न्यून छ । सबै बैंकको एटीएम सबै ठाउँहरूमा नपुगेको अवस्थामा ग्राहकलाई दशैंको समयमा अत्यन्त समस्या हुने देखियो । त्यसैले नेप्समा नयाँ सिस्टम राख्ने तयारीमा छौं,’ उनले भने, ‘प्राविधिक कार्य भएकाले यही दिन हुन्छ भनेर भन्ने अवस्था छैन, यथाशीघ्र नेप्समा वैकल्पिक रूपमा नयाँ सिस्टम राख्छौं ।’ 

मिश्रले नयाँ सिस्टम गुणस्तरीय र सुरक्षित भएमा त्यसलाई नै निरन्तरता दिन सकिने बताए । ‘हाललाई वैकल्पिक रूपमा मात्र यो सिस्टम प्रयोगमा ल्याउने भनेका छौं । तर, यसैले राम्रो ग¥यो भने दीर्घकालीन रूपमा नै प्रयोग गर्न सकिनेछ,’ उनले भने, ‘नभए फरेन्सिक रिपोर्टको आधारमा नयाँ व्यवस्था हुनेछ ।’ 

ह्याकरले गत भदौ १४ गते नेप्स अन्तर्गतका केही बैंकका एटीएम नेटवर्क ह्याक गरेर करोडौं रकम झिकेका थिए । विशेषगरि उनीहरूले नेप्सको सिस्टम बाइपास गरेको अहिलेसम्मको अनुसन्धानले देखाएको छ । त्यसमा संलग्न ६ जना चिनियाँलाई पक्राउ गरेर नेपाल प्रहरीले अहिले अनुसन्धान पनि अघि बढाइरहेको छ ।

नेप्समा नयाँ सिस्टम राखिएपछि एटीएमबाट हुने कारोबार सीमालाई पनि पहिलेकै अवस्थामा पुर्‍याइने उनको भनाइ छ । त्यसपछि नेप्सअन्तर्गत बैंकका एटीएममा अन्य बैंकका डेविट र क्रेडिट कार्ड प्रयोग गर्न सकिने मिश्रको भनाइ छ । 

हाल एटीएमबाट एकपटकमा रू. २० हजार र प्रतिदिन रू. ६० हजार मात्र झिक्न सकिन्छ । यो घटना हुनुभन्दा पहिले एकपटकमा रू. २५ हजार र प्रतिदिन रू. १ लाखसम्म झिक्न सकिने व्यवस्था थियो ।

हाल नेप्सको नेटवर्कमा एनआईसी एशिया, ग्लोवल आईएमई, जनता, देव विकाससहित १७ ओटा बैंक आबद्ध छन् । नेप्सले भिसा लगायतका कार्डहरूसँग नेपालका बैंकको नेटवर्किङ गर्ने काम गर्छ । 

यसै सन्दर्भमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले एक सूचना जारी गर्दै आफ्नो बैंकको डेविट र क्रेडिट कार्ड नेप्स अन्तर्गतका १७ ओटा बैंकको एटीएम बुथमा प्रयोग गर्न नसकिने जानकारी दिएको छ । साथै, १७ ओटा बैंकका पोस मेशिनमा पनि आफ्नो बैंकको कार्ड प्रयोग गर्न नमिल्ने बताएको छ  ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)