ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साल्ट ट्रेडिङ्ग कर्पोरेशन  तेल उत्पादन  गर्ने तयारीमा

नेपाल बनस्पती घ्यू उद्योग पुनः सञ्चालन हुँदै

Sep 14, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

भदौ २८, काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले हेटौंडामा बन्द अवस्थामा रहेको नेपाल बनस्पती घ्यू उद्योगबाट तोरीको तेल उत्पादन गर्ने  तयारी गरेको छ ।

उक्त उद्योगलाई पुनः सञ्चालनमा ल्याई तराईका विभिन्न जिल्लाका कृषकबाट तोरी खरीद गरेर प्रशोधित तोरीको तेल उत्पादन गर्न लागेको कर्पाेरेशनले बताएको छ । 

 कर्पाेरेशनको ५७ औं वार्षिकोत्सवको अवसरमा शुक्रवार राजधानीमा आयोजीत कार्यक्रममा प्रशोधित तेल उत्पादन गर्ने जानकारी दिइयो ।यसैगरी साल्ट ट्रेडिङ्गले नेपाल भुकम्पीय जोखिमको देश भएको कारण कर्पोरेशन, अमेरीकाको पीनाकल एलजीएस र निजी व्यापारीहरुको संयुक्त लगानीमा फ्यूचर्स वक्र्स विल्डीङ सोलुशन प्रालि मार्फत हेटांैडामा कारखाना स्थापना गर्ने तयारी  गरेको छ ।

यसको लागि एलजीएस प्रविधिबाट थानकोट महादेवस्थानमा प्रि -ईन्जिनीयरीङ हाउस निर्माण शुरु गरीसकेको प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले जानकारी दिइन् ।
उनका अनुसार यसलाई निकट भविष्यमा उपभोक्ता माझ ल्याउने लक्ष्य छ । 

साल्ड ट्रेडिङका अध्यक्ष लक्ष्मीदास मानन्धरले विसं २०३०देखि शुरु  गरेको आयोडिनयूक्त नुनले गलगाँड तथा बालबच्चामा मानसिक रोग न्यूनीकरणमा सहयोग पुगेको बताए । 
उनले ढिके नुन भने गाईवस्तुलाई खुवाउन आवश्यक पर्ने भएकोले प्रतिस्थापन गर्न नसकिएको बताए । उनका अनुसार मुलुकभर वार्षिक १ लाख ९२ हजार मेट्रीक टन आयोडिनयूक्त धुलो नुन खपत हुने गरेको छ । 

‘साल्ट ट्रेडिङले यस्तो नुनको अभाव नहोस भनेर छ महीनालाई धान्न सक्ने स्टक राखेको छ, करीब १ लाख टन नुन मौज्दात छ,’ उनले भने । ‘नेपाल र जापान सरकारको साथै कर्पोरेशन समेत गरी बनेको त्रिपक्षीय संरचना भएकोले कर्पोरेशनको संरचनाको अंशलाई शेयरमा परिणत गर्ने भन्ने सुनिएको छ, यो शेयरमा परिणत हुनुहँुदैन, यसमा त्रिपक्षीय सम्झौता छ’, उनले भने । 

हाल जापान सरकारको सहयोगमा नुन मौज्दात गर्न मुलुकका पाँच स्थानमा गोदाम (नेपालगञ्ज, धनगढी, भैरहवा, सिमरा, लालगढ, विराटनगर) रहेका छन् ।कार्यक्रममा प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री मातृका प्रसाद यादवले सरकारले वस्तुको गुणस्तरमा सम्झौता नगर्ने बताए । 

चाडपर्वमा व्यापारीले मौका छोप्ने र भाउ बढाउने प्रवृत्तिलाई कडाइ गरेकोे उनको भनाई थियो । उनले यसपटक मन्त्रालयको तर्फबाट मालवस्तुको मूल्य मौका हेरेर बढाउन नपाउने र अभाव पनि गर्न नपाउने गरी निर्देशन दिएको बताए । 

‘उद्योगी व्यापारीहरूले मन्त्रालयले कडाइ गरेको आरोप लगाएका छन्, भारत जस्तो केही खुकुलो गर्नसमेत भनेको सुनियो, तर हामी गुणस्तरमा सम्झौता गर्दैनौं’, उनले भने, ‘साल्ट ट्रेडिङको सवालमा पनि नुनको करोबार अब नीजि क्षेत्रलाई दिदैंछ भन्ने हल्ला गलत हो तर आपतकालीन अवस्थामा निकासी पैठारी आदेश जारी हुँदा सरकारले आवश्यकता ठानेमा सरकारी संस्थानमार्फत कुनै वस्तुको आवश्यकता परे नीजिक्षेत्रबाट मगाउन भने सक्ने छ ।’   

कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सार्वजनिक उद्योगहरू हिजोको दिनमा धरासायी भएको बताए ।

उनले अहिलेको परिस्थितिमा राज्य र नीजि क्षेत्र सहकार्य गर्नुपर्ने सुझाए । प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेशनले आमजनता तथा समस्त उपभोक्ताको लागि सेवा प्रवाह गर्दै  आएको बताइन् । 

नेपाल सरकारले निर्धारण गरेको नीति नियम भित्र रही कर्पोरेशनले आपूर्ति र वितरणका क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको पनि उनले बताइन् । देशलाई आर्थिकरुपमा सम्पन्न बनाउनको निम्ति उत्पादनमा बृद्धि गरी खाद्यान्न आयातलाई न्यूनिकरण गदै लैजानु अपरिहार्य भएको उनको भनाइ थियो । 

यस सन्दर्भमा कर्पोरेशनले कृषि विकासमा योगदान पुर्‍याउने उद्देश्य अनुसार अनुदानित रासायनिक मलका अतिरिक्त आफ्नै तर्फबाट समेत गैर अनुदानित मल आयात गरी विक्री वितरण गरिरहेको  छ । 

उनका अनुसार विराटनगरस्थित मोर’ सुगर मिल्स लिमा कृषि औजारहरु खरीद गरी उखु खेती लगायत अन्य खेतीमा आधुनिकीकरण गरिएको छ । वार्षिकोत्सवको अवसरमा बालहितकारी पुरस्कार बनेपाको  श्री गोसाइस्थान नैमिषरश्य क्षेत्र विकास समितिलाई प्रदान गरियो ।

यसैगरी,  हेम बहादूर मल्ल उत्कृष्ट सेवा पुरस्कार र ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कार ३/ ३ जना कर्मचारीलाई दिईएको छ । यस्तै, एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने कर्मचारीका छोराछोरीलाई पनि पुरस्कृत गरीएको थियो । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)