ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतीय फलफूल तथा तरकारीको खुलेआम विक्री

Sep 16, 2019  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट

धनगढी । भन्सार विभागले क्वारेन्टाइन जाँचको प्रमाणपत्र नपाएका फलफूल तथा तरकारी आयातमा गत असार २ गतेदेखि प्रतिबन्ध लगायो । उक्त प्रतिबन्धपछि कैलाली भन्सार नाकाबाट तरकारी तथा फलफूल आयात बन्द भएको भन्सार कार्यालयले बताएको छ । तर सुदूरपश्चिमका बजारमा भने भारतीय तरकारी र फलफूलको खुलेआम विक्री भइरहेको पाइएको छ । 

भारतबाट तरकारी तथा फलफूल कैलाली भन्सार तथा गड्डाचौकी भन्सार (कञ्चनपुर)बाट पछिल्लो समय आयात रोकिए भए पनि नेपालगन्जबाट आयात हुने गरेको तरकारी तथा फलफूल विक्रेता किरण साहूले बताए । सुदूरपश्चिममै उत्पादित भनेर भारतीय तरकारी निर्बाध विक्री भइरहे पनि यसको अनुगमन तथा नियमन नभएको स्थानीय उपभोक्ताको गुनासो छ ।

गोदावरी नगरपालिका–१ अत्तरियामा प्रदेशकै ठूलो कृषिउपज थोक बजार सञ्चालनमा छ । उक्त बजार व्यवस्थित गर्न कृषिउपज थोक बजार समिति समेत छ । समितिको हाताभित्रै कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत विषादी अवशेष द्रुत विश्लेषण एकाइ कार्यालय छ, तर सधैं बन्द रहन्छ । 
अत्तरियामा रहेको प्रयोगशाला प्रयोगविहीन अवस्थामा रहेपछि यो व्यवसायमा संलग्नहरूलाई सजिलो भएको स्थानीयको बुझाइ छ । विषादी अवशेष द्रुत विश्लेषण एकाइ कार्यालय नाम मात्रको भएको व्यवसायीले बताएका छन् । 

भारतबाट तरकारी तथा फलफूल आइरहे पनि बजारमा प्रतिबन्धको बहानामा व्यवसायीले मूल्य दोब्बर बनाएको स्थानीयको गुनासो छ । ‘स्थानीय उत्पादन भनेर व्यवसायीले भारतमा उत्पादन तरकारी तथा फलफूलको विक्री बढाएर उपभोक्ता ठग्ने गरेका छन्,’ स्थानीय विकुल खड्काले भने । व्यवसायी भने भारतबाट नेपालगञ्ज हुँदै अत्तरिया–धनगढीसम्म पुग्ने भएकाले ढुवानी लागतले मूल्य केही बढेको तर्क गर्छन् ।

सुदूरपश्चिममा वार्षिक २ लाख टन तरकारी आयात हुने गरेको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांकले देखाएको छ । तरकारी आयातमा मात्रै वार्षिक रू. २० करोडभन्दा बढी खर्च भइरहेको मन्त्रालयका कृषि व्यवसाय महाशाखा प्रमुख यज्ञराज जोशीले जानकारी दिए । क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय, गड्डाचौकीका प्रमुख गजाधर जोशीले तरकारी र फलफूलमा ३५ प्रतिशतभन्दा कम विषादी भएमात्र खानयोग्य मानिने बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)