ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मलेशिया रोजगारी : डिमान्ड लेटर प्रमाणीकरण आजदेखि

Sep 17, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा


काठमाडौं । मलेशियाको क्वालालम्पुर स्थित नेपाली राजदूतावासले आज (मंगलवार) देखि त्यहाँका रोजगारदाताले माग गर्ने नेपाली कामदारहरूको मागपत्र (डिमान्ड लेटर) प्रमाणीकरण गर्ने भएको छ । नेपाल र मलेशियाबीच गत कात्तिक १२ गते काठमाडौंमा सम्पन्न श्रम सम्झौताको कार्यान्वयन प्रक्रिया आइतवार शुरू भएपछि दूतावासले मागपत्र प्रमाणीकरण गर्ने भएको हो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष विमल ढकालले मंगलवारदेखि मागपत्र प्रमाणीकरण हुने जानकारी प्राप्त भएको बताए । 

दूतावासले प्रमाणीकरण गरेपछि त्यो मागपत्र नेपाली म्यानपावर कम्पनीहरूले पाउनेछन् । त्यसपछि नेपाली कामदारहरू म्यानपावर कम्पनीहरूको सहजीकरणमा तोकिएको मापदण्ड पूरा गरेर मलेशिया जान सक्ने प्रावधान छ । 

दूतावासले मागपत्र प्रमाणीकरण गरेपछि मात्र मलेशियाका लागि श्रमस्वीकृतिको प्रक्रिया व्यावहारिक रूपमा अगाडि बढ्नेछ । सरकारले मलेशियाको रोजगार खुल्यो भने पनि अभैm पनि श्रमस्वीकृतिको प्रक्रिया अगाडि बढेको छैन । 

नीतिगत रूपमा श्रमस्वीकृतिको प्रक्रिया अगाडि बढाउने अधिकार वैदेशिक रोजगार विभागलाई छ । तर, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस सम्बन्धमा विभागलाई आधिकारिक पत्र नपठाउँदा श्रम स्वीकृतिका लागि बाटो खुल्न सकेको छैन । विभागका सूचना अधिकारी भोलानाथ गुरागाईंले आर्थिक अभियानसँग भने, ‘मलेशियाको रोजगारी खुल्यो भने पनि विभागमा अहिलेसम्म आधिकारिक पत्र आइसकेको छैन । पत्र आएलगत्तै मलेशियाको लागि श्रमस्वीकृति दिने बाटो खुल्ला गरिदिन्छौं ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)