ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाली ड्रोनको आविष्कार अन्तिम चरणमा, औषधी बोकेर गाउँ–गाउँमा पुग्ने

Sep 18, 2019  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

असोज १,  म्याग्दी  । राष्ट्रिय आविष्कार केन्द्रले आविष्कार गर्न लागेको मेडिकल ‘ड्रोन’को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

सामाजिक अभियन्ता महाविर पुनले तिहार लगत्तै राष्ट्रिय आविष्कार केन्द्रले आविष्कार गरेका नेपाली ड्रोन औषधी बोकेर नेपालका गाउँ–गाउँमा पुग्ने टेलिफोनबाट जानकारी दिएका छन् । 

म्याग्दीको बिकट ठाउँमा जन्मेर अमेरिकाबाट उच्च शिक्षा प्राप्त गरेका पुन अहिले राष्ट्रिय आविष्कार केन्द्रमार्फत विज्ञान तथा प्रविधिको क्षेत्रमा व्यस्त छन् । म्यागासेसे पुरस्कार विजेता पुनले काठमाडौं, चितवन, धरान, जनकपुर र पोखरामा अनुसन्धानको काम भइरहेको बताए ।

आविष्कार केन्द्रले अहिले कृषि, इन्जिनियरिङ, शिक्षा, बायोमेडिकल, पर्यटनलगायतका १६ओटा क्षेत्रमा अनुसन्धान तथा परीक्षण गरिरहेको उनको भनाइ छ । उनका अनुसार मेडिकल ड्रोनको आविष्कार अन्तिम चरणमा पुगेको छ ।

मेडिकल ड्रोनले नेपालका भौगोलिक हिसाबले विकट स्थानमा रहेका हेल्प पोस्टहरुमा स्वचालित मानवरहित प्रविधिको माध्यमबाट औषधि पुर्‍याउने छ । नेपालमा मेडिकल ड्रोनको आविष्कारले अन्तराष्ट्रिय ध्यानसमेत खिच्ने सरोकारवालाहरुले बताएका छन् । विगत दुई वर्षदेखि मेडिकल ड्रोनको आविष्कारमा लागेका पुनले मेडिकल ड्रोनको ८० प्रतिशत भन्दा बढी काम पूरा भइसकेको बताए ।

उनले भने, ‘विसं २०७४ सालमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा औषधि बोकाएर ड्रोन पठाएका थियौं, त्यो हाम्रो परीक्षण थियो, त्यसपछि पनि विभिन्न ठाउँमा उडान गर्‍यौं, त्यस क्रममा देखिएका कमी–कमजोरीलाई सच्याउने काम भइरहेको छ, अवको केहि महीनापछि नेपालका विकट गाउँमा औषधी बोकेर मेडिकल ड्रोन पुग्ने छन् । ’

उनका अनुसार कीर्तिपुरमा पटक–पटक परीक्षण उडान भइसकेको छ । आठ ओटा पंखा र दुई ओटा पखेटा भएको जहाजजस्तै उड्ने मेडिकल ड्रोन आविष्कार केन्द्रको रिसर्च ल्याबमा उड्नका लागि केही समयमै तयार हुने उनको भनाइ रहेको छ ।

पुनका अनुसार अहिले १६ ओटा ड्रोन बनाउने काम भैरहेको छ । ती  ड्रोनहरु फरक–फरक किसिमका छन् । म्याग्दीमा उडेको ड्रोन पहिलो भर्सनको थियो । अहिले ड्रोनको तेस्रो भर्सनमा काम भइरहेको उनको भनाइ छ ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)