ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महाकाली आयुर्वेद औषधालयमा औषधि अभाव

Sep 19, 2019  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मदन गिरी

महेन्द्रनगर । महाकाली अञ्चल आयुर्वेद औषधालय, महेन्द्रनगरमा औषधिको अभाव रहेको छ । चालू आर्थिक वर्षमा औषधिको आपूर्ति नभएपछि औषधालय आउने बिरामीहरू मर्कामा परेका छन् । गत आर्थिक वर्षकै मौज्दात औषधिबाट सेवा दिइरहेको औषधालयलाई अहिलेसम्म औषधि प्राप्त नभएको सूचना अधिकारी कालुसिंह विष्टले बताए ।

‘गत आर्थिक वर्षको असार मसान्त अघि नै औषधिको माग विवरण सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई पठाइसकेको छौं,’ विष्टले भने, ‘तर अहिलेसम्म औषधि आइपुगेको छैन ।’ बढी माग हुने सबै औषधि नै नहुँदा सेवा प्रवाहमा समस्या भएको औषधालयका अर्का कर्मचारी कृष्णदत्त उपाध्यायले बताए । उनका अनुसार औषधालयमा अम्बपित्त, मधुमेह, बाथ, जन्डिस लगायत रोगका औषधि अभाव भएको छ । ‘औषधालयमा आउने बिरामी बढ्दै गएका छन्,’ उनले भने, ‘तर औषधि अभाव हुँदा उनीहरूलाई रित्तै फर्काउनुपर्ने बाध्यता ।’

साथै औषधालयका कर्मचारीले २ महीनादेखि तलब नपाएको गुनासो गरेका छन् । संघीयतापछि भीमदत्त नगरपालिकामा गाभिएको उक्त कार्यालय चालू आर्थिक वषदेखि प्रदेश सरकार मातहत परेको छ । प्रदेश सरकारले तलब निकासा नदिँदा कर्मचारीले चालू आर्थिक वर्षमा तलब पाउन सकेका छैनन् । ६ जना कर्मचारीको दरबन्दी रहेको उक्त औषधालयमा हाल पाँच जना कार्यरत छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)