ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘महेन्द्रनगर सिटी हल’ अझै सञ्चालन भएन

Sep 20, 2019  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

महेन्द्रनगर । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा निर्माण गरिएको ‘महेन्द्रनगर सिटी हल’ अझै सञ्चालनमा आउन सकेको छैन । करीब डेढ वर्षअघि नै निर्माण सकिए पनि यो सिटी हल सञ्चालनमा सम्बद्ध निकायले चासो दिएको छैन । तत्कालीन नगर विकास समिति खारेज भएपछि सिटी हल अलपत्र परेको छ ।

नगर विकास समिति नहुँदा निर्माण पक्षले सिटी हल हस्तान्तरण गर्न समेत पाएको छैन । तत्कालीन महेन्द्रनगर नगर विकास समितिले आर्थिक वर्ष २०६५/६६ मा श्यामसुन्दर गौरी–पार्वती जेभी कम्पनीलाई भवन निर्माणका लागि करीब ९ करोेड रुपैयाँमा ठेक्का दिएको थियो ।

नगर विकास समिति खारेज भएपछि निर्माण कम्पनीले अन्तिम किस्ता बापतको भुक्तानी नपाएको गुनासो गरेको छ । कम्पनीका सञ्चालक रामकुमार थापाले बताए नगर विकास समितिबाट १ करोड भुक्तानी लिन बाँकी रहेको बताए । साथै नगर विकास समिति विघटन भएपछि हस्तान्तरण प्रक्रिया रोकिएको उनको भनाइ छ । शहरी विकास कार्यालयले सिटी हल बुभ्mन संघीय कार्यान्वयन एकाइ, धनगढीलाई पत्राचार गरेको उनको भनाइ छ ।

निर्माण कार्य भएको २ वर्षमा सम्पन्न गरिसक्ने लक्ष्य लिएको सिटी हल १० वर्षपछि पूरा भएको हो । ठेकेदार कम्पनीले समयमा काम नगर्दा विभिन्न समयमा गरी पाँचपटक म्याद थपिएको थियो । सिटी हल सञ्चालनमा आए ठूला सेमिनार, गोष्ठी, सभा समारोह, सम्मेलनका कार्यक्रम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । सिटी हलमा १ हजार जना अट्ने एउटा सभागृह, २०० जना अट्ने बालकोनी, ८०० जना अट्ने मुख्य हल, २०० जना अट्ने मिनी हल र ड्रेसिङ रूम निर्माण गरिएको छ । 

विघटित नगर विकास समितिका सूचना अधिकारी पुष्पराज भट्टले अस्थिर समितिका कारण समस्या भएको बताए । ‘सिटी हल निर्माण शुरू भएदेखि समिति सातपटक फेरियो,’ उनले भने, ‘समितिमा धेरै काम गर्ने कोही भएनन् ।’ समितिको काम रोक्का र विघटन हुँदा सिटी हल हस्तान्तरणमा ढिलाइ भएको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)