ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नागढुंगा–नौबीसे सुरुङमार्ग बनाउन बाटो खुल्यो, सुरुङमार्ग साढे ३ वर्षभित्रै

Sep 24, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
सोमवार सम्झौतापत्र आदान प्रदान गर्दै सडक विभाग, विकास सहायता समन्वय महाशाखाका उपमहानिर्देशक र जापानी हाज्माआन्दो कर्पाेरेशनका बिजनेस म्यानेजर ।
author avatar हिमा वि.क.

काठमाडौं । नेपालकै पहिलो सुरुङमार्ग निर्माणका लागि सडक विभाग तथा जापानकोे हाज्माआन्दो कर्पाेरेशनबीच सोमवार सम्झौता भएको छ । कुल ५ दशमलव ७ किलोमीटर (किमी)को नागढुंगा–नौबीसे सुरुङमार्ग साढे ३ वर्ष (४२ महीना) मा निर्माण गरिसक्ने गरी सम्झौता भएको हो । नेपाल सरकार र जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) बीच यो सुरुङमार्ग बनाउने विषयमा सन् २०१६ मा सम्झौता भएको थियो । जापान सरकारको सहुलियत ऋणमार्फत बन्न लागेको यस सुरुङमार्गको कुल लागत रू. २२ अर्ब रहेको छ, जसमध्ये जाइकाले रू. १६ अर्ब तथा नेपाल सरकारले रू. ६ अर्ब बेहोर्ने छ । 

नौबीसे–नागढुंगा सुरुङमार्ग निर्माणमा दुईओटा फ्लाईओभर पनि बनाइनेछ । 

सुरुङमार्ग र सडकका लागि मात्रै जाइकाको ऋण हुनेछ । तर जग्गाको मुआब्जामा भने नेपाल सरकारको लगानी हुने नागढुंगा सुरुङमार्ग आयोजनाका आयोजना निर्देशक श्याम खरेलले जानकारी दिए । काठमाडौंको थानकोटदेखि धादिङ जिल्लाको नौबीसेमा पर्ने झ्याप्ले खोलासम्म बन्ने सुरुङमार्गमा २ दशमलव ७ किमी सुरुङ हुनेछ भने बाँकी ३ किमी सडक बन्नेछ । खरेलले सोमवारको सम्झौतासँगै नेपालका सडकहरूमा सुरुङमार्ग निर्माणको शुरुआत भएको बताए । ‘नेपालजस्तो भौगोलिक बनोट भएका देशमा सुरुङमार्गमा जानुको विकल्प छैन,’ उनले भने ।

काठमाडौंको थानकोट र धादिङमा गरी उक्त सुरुङमार्गमा ३४४ रोपनी जग्गा अधिग्रहण हुनेछ । खरेलका अनुसार काठमाडौंमा पर्ने ३०० रोपनीमध्ये ८५ प्रतिशतको मुआब्जा वितरण भइसकेको र धादिङको ४४ रोपनी जग्गा अधिग्रहणका लागि प्रक्रिया सम्पन्न भएको छ ।

तर, धादिङतर्फ भने जग्गा तथा घरधनीले मुआब्जा पाएका छैनन् । धादिङमा जग्गाबाहेक ४७ घर भत्काउनुपर्ने भएको भन्दै उनले भने, ‘धादिङमा मात्रै मुआब्जाका लागि रू. ८० करोड बजेट चाहिन्छ ।’

हाल थानकोट–नौबीसेको झ्याप्ले खोलासम्मको दूरी करीब ९ किलोमीटर रहेको छ । उक्त सुरुङमार्ग निर्माण भएपछि उक्त दूरी ५ दशमलव ७ किलोमीटरमा सीमित हुनेछ । काठमाडौंको प्रमुख प्रवेशद्वारमध्येको यस नाकामा सुरुङमार्ग बनेपछि दूरी कम हुनुका साथै ट्राफिक जामसमेत घट्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)