ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कालोबजारी नियन्त्रण गर्न प्रदेश सरकारलाई आपूर्ति मन्त्री यादवको आग्रह

Sep 24, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

असोज ७, विराटनगर । दशैं, तिहारलगायतका चाडपर्व नजिकिँदै गर्दा सरकारले बजारलाई थप व्यवस्थित गर्ने भएको छ । संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले यसपटकको बजार विगतको चाडपर्वभन्दा व्यवस्थित हुने बताएका छन् । विराटनगर विमानस्थलमा मंगलवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘बजारलाई व्यवस्थित गर्न आवश्यक पहल थालिसकिएको छ, विगतमा जस्तो यसपटक बजारमा कालोबजारी लगायतको बेथिती हुने छैनन् ।’

उनले चाडपर्वमा हुने कालोबजारी र मिसावट नियन्त्रण गर्न प्रदेश सरकार र स्थानीय तहलाई पनि आग्रह गरिएको बताए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एक्लैले अनुगमन गर्न नसक्ने भएकाले प्रदेशका मन्त्री तथा पालिका प्रमुखहरुलाई मन्त्रालयमै बोलाएर बजारलाई व्यवस्थित गर्न आग्रह गरिसकिएको उनले जानकारी दिए ।

सञ्चारकर्मीले राखेको एक प्रश्नको जवाफ दिदै उनले पछिल्लो समय आफूले काम गर्ने कार्यशैली नै परिवर्तन गरेको बताए । उनले यसअघि आफूले माओवादीको स्टाईलमा काम गर्दै आए पनि पछिल्लो समय नेकपा स्टाइलले काम गरिरहेको बताए । मन्त्री यादवले आफूले मन्त्री पद छाडेर जाने हल्ला मात्र चलेको बताउँदै पार्टी वा प्रधानमन्त्रीले नहटाएसम्म पद नछाड्ने जानकारी दिए ।  पाएको पद हठात् छाड्दा जनतामा आफूप्रति अविश्वास बढेका कारण आफ्नै चित्त नबुझेपनि आफूले काम गरिरहने बताए ।

मन्त्री यादवले सरकारले गरेका राम्रा कामहरु जनताको घरदैलोसम्म पु¥याउन नसकेको कारण सरकारप्रति केही भ्रमहरु फैलिएको दाबी गरे । तल्लो तहसम्म पार्टी परिचालित हुन नसकेका कारण त्यस्तो अवस्था आएको उनको भनाइ थियो । गणतन्त्रलाई मेटाउन खोज्ने र त्यसका विरुद्ध जानेहरु आफैं सिद्धिएर जाने उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)