ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटनमा ‘स्याटेलाइट अकाउन्टिङ सिस्टम’ : आधारभूत तथ्यांक संकलन गरी ‘डेटा इन्ट्री’ शुरू

Sep 27, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं  । सरकारले नेपालको समग्र अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदानलाई बढाउन नेपालमा औपचारिक रूपमा ‘स्याटेलाइट अकाउन्टिङ सिस्टम’ अनुसार काम शुरू गरेको छ । राष्ट्रसंघीय विश्व पर्यटन संगठन (युएनडब्लुटीओ) को प्राविधिक तथा युएनडीपीको आर्थिक सहयोगमा नेपाल पर्यटन बोर्डले ‘स्याटेलाइट अकाउन्टिङ सिस्टम’ अनुसार ‘डेटा इन्ट्री’ 
शुरू गरेको हो । 

गत आर्थिक वर्षमा आधारभूत सर्वेक्षण सकेको बोर्डले आउने आर्थिक वर्षदेखि पूर्णरूपमा ‘स्याटेलाइट अकाउन्टिङ सिस्टम’ लागू गर्ने गरी काम गरिरहेको पर्यटन बोर्डले जानकारी दिएको छ । कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको यथार्थ योगदान पत्ता लगाउन र पर्यटनसँग सम्बन्धित तथ्यांक एकीकृत रूपमा थाहा पाउन यो प्रणालीले सहयोग गर्ने बोर्डको अपेक्षा छ । 

हाल पर्यटन क्षेत्रका सबै सूचकहरूको गणना गरिएको छैन । वल्र्ड टूरिजम् काउन्सिलका अनुसार अहिले नेपालमा पर्यटन क्षेत्रले करीब करीब ५ लाख रोजगारी सिर्जना गरेको छ, जुन नेपालको कुल रोजगारीको ३ दशमलव २ प्रतिशत हो । नेपाली तथ्यांक अनुसार अहिले कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान २ दशमलव ८ प्रतिशतमात्र योगदान रहेको छ । त्यसमा होटल, ट्राभल, ट्रेकिङ आदि क्षेत्रमात्र समावेश छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि चालू आर्थिक वर्षमा सम्पादन हुने प्रमुख प्राथमिकताका कार्यक्रमहरूको सूचीमा ‘स्याटेलाइट अकाउन्टिङ सिस्टम’लाई समेटेको छ । यो प्रणालीको विकासले पर्यटन क्षेत्रको छरिएको तथ्यांक र यसको समग्र योगदान आउने भएकोले यो अत्यन्त महत्वपूर्ण भएको र यसै वर्षभित्रै यसको सबै काम सक्ने गरी काम भइरहेको पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिए । उनले भने, ‘यस प्रणालीबाट संकलन गरिएको तथ्यांक सार्वजनिक हुने बित्तिकै मुलुकभित्र सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने क्षेत्रका रूपमा पर्यटन क्षेत्र देखिने छ ।’ 

सन् २०२० सम्ममा कुल ग्रार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशतसम्म पुग्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुमान छ । वल्र्र्ड टुरिजम् काउन्सिलकै तथ्यांकलाई आधार मान्दा पनि नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान करीब ८ प्रतिशत  छ ।

यो प्रणाली लागू भएपछि अर्थतन्त्र र कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान बढ्ने मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए । चालू आर्थिक वर्षभित्रै यसको तयारी पूरा गरी नयाँ आर्थिक वर्षदेखि यो प्रणाली पूर्ण रूपमा लागू हुने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए । ‘अधिकांश तथ्यांक संकलन गरी युएनडीपीको रू. ५० लाख आर्थिक सहयोगमा बोर्डले यसको काम गरिरहेको छ । विस २०७७ भित्रै यसलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने योजना छ,’ जोशीले भने । उनका अनुसार यसको लागि बोर्डले राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैक, केन्द्रीय तथ्यांक विभाग तथा अन्य सरोकारवालासँग समेत छलफल भइसकेको छ । 

नेपालमा सन् २०१८ मा १० लाख पर्यटक आइसकेको र लगानी र पर्यटनको क्षेत्र फराकिलो बन्दै गएको अवस्थामा यसको योगदान पनि सँगसँगै बढ्दै जाने मन्त्रालयको अपेक्षा छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी त्यस अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

के हो ‘स्याटेलाइट अकाउन्टिङ सिस्टम’
यो पर्यटन क्षेत्रबाट देशको आर्थिक क्षेत्रमा पु¥याएको योगदान गणना गर्ने प्रणाली हो । पर्यटन क्षेत्रभित्रका विभिन्न सूचकहरू समावेश गरी यो गणना गरिन्छ । जीडीपीमा अहिले पर्यटन क्षेत्रबाट होटल र ट्राभलबाट मात्र योगदान गइरहेको अवस्थामा उक्त क्षेत्रभित्रकै अन्य क्षेत्रलाई मुलुकको अर्थतन्त्रसँग जोड्नका लागि यसले सहयोग गर्नेछ । यसका लागि एक दर्जनभन्दा बढी सर्वे पूरा गरी डेटा इन्ट्री शुरू गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)